२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

मलेसियाले विदेशी कामदारको निर्भरता घटाउने

स्रोत मुलुकसँगका सम्झौता पुनरावलोकनको तयारी  

क्वालालम्पुर — मलेसियाले रोजगारीका क्षेत्रमा विदेशी कामदारको निर्भरता घटाउने जनाएको छ । उसले ती क्षेत्रमा स्थानीय जनशक्तिलाई पहिलो प्राथमिकता दिने र त्यसपछि मात्र विदेशी कामदारलाई लिन सकिने जनाएको छ । 

मलेसियाले विदेशी कामदारको निर्भरता घटाउने

दुई साताअघि गठित नयाँ सरकारका मानव संसाधन मन्त्रीले विदेशी कामदार पठाउने स्रोत मुलुकसँगका सम्झौतासमेत पुनरावलोकन गरिने बताए । यद्यपि, विदेशी कामदारको निर्भरता घटाउने मलेसियाली सरकारको यो योजना भने नयाँ होइन ।


मुलुकमा रहेका आप्रवासी कामदारको व्यवस्थापन गर्न र गैरकानुनी आप्रवासी कामदार हटाउन यसअघि पनि पटक–पटक अवसरयुक्त कार्यक्रम सञ्चालन गरिएको थियो । तर ती कार्यक्रम अपेक्षाअनुसार सफल हुन सकेका छैनन् ।


मलेसियाली मानव संसाधनमन्त्री एम कुलसेगरनको भनाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्, ‘हामी आवश्यकताअनुसार विदेशी कामदारलाई अनुमति दिन्छौं तर पहिलो प्राथमिकता स्थानीय जनशक्तिलाई नै दिइनेछ ।’


उनले गत सन् २०१६ मा बंगलादेशसँग १५ लाख कामदार लिनेबारे भएको लगायत सम्झौता पनि पुनरावलोकन गरिने बताएका छन् । यसअघि नाजीव रजाक नेतृत्वको सरकारले १५ लाख बंगलादेशी कामदार ल्याउने निर्णय गरेको थियो ।


तर उक्त कदमको आलोचना भएपछि तत्कालीन सरकारले उक्त निर्णय रोकेको थियो । मन्त्री कुलसेगरनले कामदारको मासिक न्यूनतम पारिश्रमिक एक हजार रिंगिटबाट वृद्धि गरेर १५ सय रिंगिट बनाउनेबारे छलफल भइरहेको बताएका छन् ।

प्रकाशित : जेष्ठ १०, २०७५ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?