कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

न्युजिल्याण्डका सडकमा नेपालको प्रवर्द्धन

नारायण खड्का

अष्ट्रेलिया — अहिले न्युजिल्याण्डको मुख्य शहर क्राइष्टचर्चमा भिन्न किसिमले नेपालको प्रचारप्रसार सुरु गरिएको छ ।

न्युजिल्याण्डका सडकमा नेपालको प्रवर्द्धन

क्राइष्टचर्चको एयरर्पाेट, सेन्ट्रल सिटी मात्र नभएर मुख्य मुख्य स्थानमा नेपाल सम्बन्धि करिब १ दर्जन ‘डिजिटल डिस्प्ले बोर्ड’ राखेर प्रचारप्रसार गर्न थालिएको हो ।


एक सातासम्म राखिने यी बोर्डले नेपालको पर्यटन प्रवर्द्धन मात्र गर्ने नभएर न्युजिल्याण्डमा रहेका विदेशीहरुलाई नेपाल घुम्ने र नेपालका हिमशिखरहरुको आरोहण गर्न समेत प्रेरित गर्ने आशा राखिएको छ ।


न्युजिल्याण्डमा विगत ४ वर्षदेखि एभरेष्ट डे मनाइदै आइएको छ । नेपाल प्रवर्द्धनको नयाँ उपायले अहिले दैनिक हजारौँ न्युजिल्याण्डवासीको ध्यानाकर्षण गराएको छ ।


भुकम्पपछि सुस्ताएको नेपालको पर्यटनलाई राहत दिने उद्देश्य स्वरुम यो कामको थालनी गरिएको आयोजक एनआरएन न्युजिल्याण्डका सचिव विसाल सापकोटाले बताए । यो अभियानलाई नेपाल पर्यटन बोर्डले समेत सहयोग पुर्याएको छ ।


एनआरएन न्युजिल्याण्डका सदस्यहरुले डिजिटल बोर्ड राख्ने मात्र नभएर स्थानीय बजार र मलहरुमा गएर नेपाल सम्बन्धि पर्चा पम्प्लेट बाँडिरहेको उनले बताए ।

उनका अनुसार एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको आरोहण गरेकाले समेत न्युजिल्याण्डवासीहरुले नेपालको पर्यटनमा धेरै चासो दिने गरेका छन् ।

प्रकाशित : जेष्ठ १४, २०७५ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?