२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

७४ हजारभन्दा बढीले दिए ईपीएस परीक्षा

सोल — दक्षिण कोरियामा काम गर्न प्रवेश पाउने रोजगार अनुमति प्रणाली (ईपीएस) को नवौँ कोरियन भाषाको परीक्षामा आवेदन दिएका मध्ये ९० प्रतिशतले परीक्षा दिएका छन् । 

७४ हजारभन्दा बढीले दिए ईपीएस परीक्षा

यही जेठ २६ र २७ गते सम्पन्न परीक्षामा ७४ हजार ८ सय ६० जनाले परीक्षा दिएको नेपाल इपीएस सेन्टरले जनाएको छ । ८२ हजार २ सय ३५ जनाले आवेदन दिएका थिए ।


कोरियन भाषा परिक्षाका लागि काठमाण्डौ र ललितपुरमा २४ केन्द्र र पोखरामा चार गरी २८ केन्द्रमा परीक्षार्थीहरुले परीक्षा दिएका थिए । जसमा २ सय ४७ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए ।


कोरियामा विदेशी कामदार ल्याउने १६ देश मध्ये कामदार संख्याको आधारमा कम्बोडिया पछि नेपाल दोस्रो स्थानमा रहेका छ । सन् २००७ बाट नेपालमा इपीएस सुरु भए यता अन्य देशको तुलानामा नेपाली कामदार इमान्दार र राम्रो भाषा बोल्ने भएकाले नै नेपालीको संख्यामा वृद्धी भएको इपीएस कर्मचारीहरुले बताएका छन् ।


परीक्षाको लागि कोरियाबाट नेपाल पुगेका प्रवासी मजदुर फोर्स र विश्व रोजगारका उपसभापति लि योनबोक र नेपालस्थित कोरियाली राजदूतले परिक्षा स्थल निरक्षण गरेका थिए ।


कोरियाबाट गएका इपीएस कर्मचारीका ६३ जनाको समूहले नक्सालस्थित बाल मन्दिर पुगी ७ सय डलर सहयोग गरेका थिए । साथै बालबालिकाहरुको कपाल काट्ने, विद्यालयको सरसफाई गरी पाठ्य सामग्री समेत वितरण गरेका थिए ।

प्रकाशित : जेष्ठ २९, २०७५ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?