कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मकाओमा आत्महत्या प्रयास गर्नेलाई कन्सुल जनरलले भेटे

किसन राई

हङकङ — मकाउमा आत्महत्याको प्रयास गर्ने ईश्वर थिङलाई नेपाली कन्सुल जनरल कमलप्रसाद भट्टराईले भेटेका छन् । प्रहरीको कडा निगरानीमा स्थानीय सान्तोङ अस्पतालमा उपचाररत उनीसंग कसैलाई भेट्न दिइएको थिएन ।

मकाओमा आत्महत्या प्रयास गर्नेलाई कन्सुल जनरलले भेटे

कन्सुल जनरल भट्टराईसंगै रहेकी गैरआवासीय नेपाली संघ (एनआरएनए) की अध्यक्ष शान्ति अधिकारीका अनुसार थिङको अवस्था सामान्य रहेको छ । घाटीको घाउमा खाटा बसिसकेको भएपनि प्लास्टिकको पाइप लगाइएकोले बोल्न कठिनाइ रहेको छ ।


उपचारकै क्रममा पनि उनले आत्महत्याको प्रयास गरेको चिकित्सकले बताएका छन् । घाटीमा प्वाल पारेर लगाइएको प्लास्टिकको पाइप निकालेर फ्याकेको कारण उनको उपचारमा ढिलाइ भएको हो ।

उपचारपछि स्थानीय कानुन अनुसार उनीमाथि छानबिन हुने छ । आत्महत्या पनि अपराध हुने भएकोले सोही बमोजिमको कार्वाही हुने संभावना छ । कार्वाही पश्चात् उनलाई मकाउ निकाला गरिने छ, उनी स्वयं पनि नेपाल फर्कन चाहन्छन् ।


उनलाई पठाउने काठमाडौंस्थित देवान कन्सल्टेन्ट्स प्रालिले मकाउ आउन लागेको सम्पूर्ण रकम फिर्ता दिने आश्वासन दिएको छ । मकाउ प्रतिनिधि एल.जे. लामेइरसले उक्त कम्पनीसंग सम्पर्क भइरहेको बताएका छन् ।

कागजी रुपमा देवान कन्सल्टेन्ट्स प्रालि भए पनि काठमाडौंका विशाल थपलिया र मकाउका युवराज न्यौपानेमार्फत सम्पर्क भएको कारण सम्पूर्ण रकम फिर्ता हुनेमा भुक्तभोगीहरु आशंका व्यक्त गर्छन् ।


अघिल्लो महिना मात्र कामको लागि आइपुगेका २६ वर्षीय ईश्वर थिङ मकवानपुरका हुन् । १२ लाख खर्च गरेर आएका उनी सम्झौता अनुसार सुविधा नभएपछि खुसी नभएको निकटकाले बताउने गरेका छन् । ग्लोबल सेक्युरिटि म्यानेजमेन्ट लिमिटेडमा कार्यरत १२ जनालाई एउटै फ्लाटमा कोचिएको उनले गुनासो सुनाउने गरेका थिए ।


काममा लागेको केही दिनमै विरामी विदामा बसेपछि कम्पनीबाट दुर्व्यवहार र मानसिक यातना दिइएको सहकर्मीहरुलाई उनले बताउने गरेका थिए । अनुसन्धान भइरहे पनि घटनाको कारण मानसिक यातना र अनावश्यक दवाव रहेको अनुमान गरिएको छ । आत्महत्याको प्रयासमा उनले ज्येष्ठ १९ का दिन कोठामै चक्कुले घाटी रेटेका थिए ।


प्रकाशित : असार ३, २०७५ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?