कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नेपाली दूतावास अस्ट्रेलियाको वार्षिक प्रगति विवरण सार्वजनिक

नारायण खड्का

अस्ट्रेलिया — नेपाली दूतावास अस्ट्रेलियाले एक वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ । क्यानबेरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राजदूत लक्की शेर्पाले एक वर्षको कार्यकालमा दूतावासले नेपाल र अस्ट्रेलियाबीच सम्बन्ध थप उचाइमा पुर्‍याउने लगायत महत्वपूर्ण काम गरेको बताइन् ।

नेपाली दूतावास अस्ट्रेलियाको वार्षिक प्रगति विवरण सार्वजनिक

कार्यक्रममा शेर्पा राजदूत भएर आएपछि नेपाल र अस्ट्रेलियाबीचको कूटनैतिक सम्बन्ध थप उचाईमा पुगेको दाबी गरिएको थियो ।


दूतावासले अस्ट्रेलिया र नेपालबीचको कूटनैतिक, राजनीतिक सम्बन्ध विस्तारका साथै यहाँ रहेका नेपाली समुदायहरुका विभिन्न समस्या समाधान गरेको जानकारी दिएको थियो । सार्वजनिक प्रगति विवरणमा दूतावासको लागि जग्गा खरिद, नेपाल-अस्ट्रेलिया सचिवस्तरीय संयन्त्र निमार्णलाई महत्व दिइएको छ ।


यसैगरी केही साता पहिले निर्माण गरिएको नेपाल अस्ट्रेलिया संसदीय समितिलाई पनि समेटिएको छ । त्यसका साथै राजदूतले विभिन्न राज्यमा उच्चस्तरीय भेटघाट, विदेशमन्त्री जुलि विशपलगायत उच्चपदस्थ अधिकारीहरुसँग दोहोरो सम्बन्ध विस्तारका लागि छलफल गरेकी थिइन् । साथै नेपाली कला संस्कृति, पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काउरा महोत्सवमा सहभागी हुनुका साथै विभिन्न राज्यमा आयोजना गरिएका कार्यक्रममा भूमिका निभाएको उल्लेख छ ।


अस्ट्रेलियामा क्रियाशील पत्रकारहरुसँग पहिलोपटक दूतावासमा औपचारिक छलफल गरेकी राजदूत शेर्पाले अझै धेरै काम गर्न बाँकी भए पनि एक वर्षको अवधिमा गरिएका कामले नेपाली समुदायलाई अस्ट्रेलियामा थप पहिचान दिन मद्दत पुगेको सुनाइन् । उनले भविष्यमा यहाँका विद्यार्थीहरुको समस्याका साथै दूतावासको सेवालाई अझ प्रभावकारी बनाउन लागिपर्ने योजना रहेको सुनाएकी थिइन् ।

प्रकाशित : असार ३, २०७५ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?