१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

हङकङ सरकारको ‘र्‍यासियल हार्मोनी कमिटि’ सदस्यमा गुरुङ मनोनित

सुनसरी — हङकङ सरकारले नेपालीहरुको छाता संगठन हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङलाई आइतबार ‘कमिटि अन द प्रोमोसन अफ र्‍यासियल हार्मोनी’ को सदस्यमा मनोनित गरेको छ । हङकङ सरकारको गृह मन्त्रालयले गुरुङलाई ३१ मे २०२० सम्मकालागि सदस्यमा मनोनित गरेको हो । 

हङकङ सरकारको ‘र्‍यासियल हार्मोनी कमिटि’ सदस्यमा गुरुङ मनोनित

यसअघि उनलाई अपराध बिरुद्धको अभियन्ताका रुपमा गृह मन्त्रालयले हङकङको याउ चि मोङ जिल्लाको उपाध्यक्षमा चयन गरेको थियो । डिस्ट्रिक फाइट क्राइम कमिटिको उपाध्यक्ष रहकै बेला गुरुङलाई र्‍यासियल हार्मोनी कमिटिको सदस्यमा मनोनित गरेको हो । हङकङका १८ जिल्ला मध्ये नेपालीहरुको घनाबस्ती भएको याउ चि मोङ जिल्लालाई संवेदनशील मान्दै अल्पसंख्यक समुदायबाट पहिलो पटिक गुरुङलाई अपराध बिरुद्धको कमिटिको उपाध्यक्षमा चयन गरिएको हो ।


उक्त पदमा बसेपछि गुरुङले कान्तिपुरको सम्पर्कमा भनिन्, ‘नेपालीसहित त्यहाँ लामोसमयदेखि स्थायीरुपमा बस्दै आएका बिभिन्न देशबाट आएका समुदायले हङकङको नीतिनियम, अधिकार, सेवा सुविधामा भेदभाव भए नभएको बारे अध्ययन गरेर सरकारलाई सल्लाह, सुझाव दिने दायित्व थपिएको छ ।’


यसअघि उनलाई हङकङको सामाजिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै ‘चिफ एक्ज्युकेटिभ कमेन्डेशन फर कम्युनिटी सर्भिस’ अवार्ड अर्थात उत्कृष्ट सेवा पुरस्कार दिएको थियो । पोखराको नयाँ बजार पुख्यौली घर भएकी उनी सन् १९९७ मा हङकङ छिरेकी हुन् ।


हङकङ सरकारले पछिल्लो समयमा बिभिन्न जातीय समुदायबीच आपसमा सद्भाव कायम गर्ने बिषयमा पनि ध्यान केन्द्रित गरेकाले र्‍यासियल हार्मोनी× कमिटिलाई सक्रिय बनाएको छ । उक्त कमिटि हङ्कङ सरकारले सन २००२ मा स्थापना गरेको हो । त्यहाँका गृहसचिव लाउ कोङ वाह्ले गुरुङलाई पत्र लेख्दै हङकङमा बसोबास गर्ने अल्पसंख्यक नेपाली समुदायबाट गुरुङलाई र्‍यासियल हार्मोनी कमिटिमा चयन गर्न पाएकोमा बधाईकासाथै साथ र समर्थन दिने जनाएका छन् ।


हङकङ नेपाली महासंघकी अध्यक्ष गुरुङले आफुलाई हङकङ सरकारले विश्वास गरेर उच्च तहको एउटा कमिटिको सदस्यमा चयन गरेकोमा नेपाली समुदायको हितकालागि मात्र नभएर बिभिन्न मुलुकबाट आएर हङकङमा बसोबास गर्ने अल्पसंख्य समुदायको पक्षमा बोल्ने र सरकारलाई सुझाव दिने आफ्नो जिम्मेवारी थपिएको प्रतिक्रिया दिइन् ।


प्रदेश १ काे आन्तरिक र वाह्य पर्यटन प्रवर्द्धनकालागि धरानमा निर्माणाधीन थाउजण्ड विग बुद्ध निर्माण समितिकी उपाध्यक्ष समेत रहेकी उनले भनिन्, ‘यो सम्मान मेरो लागि चुनौती र अवसर दुवै हो । मैले आफुले भ्याएसम्म समुदायको हितमा काम गर्नेछु ।’

प्रकाशित : असार ५, २०७५ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?