कतारमा इद मिलन कार्यक्रम

काठमाडौँ — अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारको आयोजनामा दोहामा इद मिलन कार्यक्रम भएको छ ।

कतारमा इद मिलन कार्यक्रम

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समीम मियाँ अन्सारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजका अध्यक्ष मुख्तदा मुस्लिम, उपाध्यक्ष अख्तर हुसेन गद्दी, महासचिव एमजी मजीद, सल्लहकार करिम बक्स मिया, हुसेन खान, याकुब रैन, उप ईञ्चार्ज अख्तर अलीलगायतको उपस्थिति थियो ।


कार्यक्रममा गठबन्धनका अध्यक्ष अन्सारीले नेपालको विकासमा आफ्नो ठाउँबाट सहयोग गर्न अपिल गरे । उनले नेपाल विकासको बाटोमा तीव्ररुपमा अघि बढेको बताउँदै वर्तमान सरकारले रोजगारीको उचित प्रबन्ध मिलाउने बताए ।

प्रकाशित : असार ८, २०७५ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?