दुवईमा हेटौंडा अवार्ड वितरण 

काठमाडौँ — प्रथम हेटौंडा पत्रकारिता अवार्ड ८ जनालाई दिइएको छ । न्यु मिडिया एकेडेमीद्वारा दुबईमा आयोजित कार्यक्रममा ८ विधामा अवार्ड वितरण गरिएको हो । अवार्ड मकवानपुरलाई कर्मथलो बनाउने पत्रकार र मिडिया हाउसमा काम गर्नेले पाएका छन् ।

दुवईमा हेटौंडा अवार्ड वितरण 

पत्रकार नवराज शर्माले उत्कृष्ट सम्पादक वर्ष अवार्ड, गणेश अधिकारीले उत्कृष्ट पत्रकारिता वर्ष अवार्ड, गोकुल अधिकारीले बजार व्यवस्थापक वर्ष अवार्ड पाएका छन् । त्यस्तै प्रस्तोता वर्ष अवार्ड कुमार अधिकारी, चलचित्र पत्रकारिता वर्ष अवार्ड कृष्ण सारु मगर, सामाजिक पत्रकारिता वर्ष अवार्ड सुवास बिडारी, खोज तथा चुनौती पत्रकारिता वर्ष अवार्ड शिवकुमार रिजाल र सञ्चार उद्यमी वर्ष अवार्ड माधव न्यौपानेलाई प्रदान गरिएको छ ।


कार्यक्रममा यूएईका लागि कार्यबाहक राजदूत सागर फुयालले सूचनाबाट समाजलाई बलियो बनाउने काममा सक्रिय मकवानपुरका पत्रकारहरुलाई दुबईमा सम्मान गर्न पाउनु सुखद् पक्ष भएको बताए ।


अवार्ड कार्यकममा गायक तथा संगीतकार तथा गायक टंक बुढाथोकी, बालगायक अशोक दर्जीको प्रस्तुति आकर्षक थियो ।


प्रकाशित : असार १०, २०७५ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?