कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

धर्मनाथ परिवारलाई ७२ हजार सहयोग 

काठमाडौँ — गैरआवासीय नेपाली संघ, साउदी अरबले उपचार खर्च भुक्तान गर्न नसकेर स्वदेश फर्कन नसकेका धनुषाका धर्मनाथ पासवानको परिवारलाई ७२ हजार सहयोग गरेको छ । 

धर्मनाथ परिवारलाई ७२ हजार सहयोग 

धर्मनाथको साउदी अरबको अलहासास्थित किङ फाहदमा अस्पतालमा झन्डै ५१ लाख ८० हजार रुपैयाँ भुक्तानी गर्न सकेका छैनन् । एनआरएन, साउदीका अध्यक्ष नारायण पासवानले धर्मनाथको परिवारको अवस्था नाजुक भएकोले घर खर्चको लागि ७२ सात सय ३२ रुपैयाँ आइतबार सहयोग गरेको जानकारी दिए । एनआरएनले सहयोग रकम जुटाउन फुटबल प्रतियोगिता गरेको थियो ।

सल्मानियामा २६ फेब्रुअरी २०१७ को मध्यरात सडक पार गर्नेक्रममा गाडीले ठक्कर दिएर गम्भीर घाइते भएका धर्मनाथलाई अस्पताल लगिएको थियो । उनको टाउकोमा गम्भीर चोट लाग्नुको साथै ढाड, हात खुट्टा भाँचिएको थियो । उनलाई ठक्कर दिने गाडी पत्ता लगाउन सकेको छैन ।

अस्पतालले सबै खर्च भुक्तान नगरेसम्म डिस्चार्ज नगरेको पीडित धर्मनाथ पासवानले बताए । ११ मे २०१४ मा साउदी अरब पुगेका उनी भिसा नवीकरण नहुँदा गैरकानुनी हैसियतमा छन् ।


प्रकाशित : असार १०, २०७५ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?