३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

मेलबर्नमा नेपालीको ‘वाक फर वेलफेयर’

नारायण खड्का

अष्ट्रेलिया — घरेलु हिंसा तथा मानसिक रोग विरुद्ध जनचेतना जगाउन र सहयोग पुरयाउने उद्देश्यका साथ अष्ट्रेलियाको मेलबर्नमा ‘वाक फर वेलफेयर’ सम्पन्न भएको छ ।

मेलबर्नमा नेपालीको ‘वाक फर वेलफेयर’

गैर आवासीय नेपालीहरुको संगठन एनआरएन अष्ट्रेलियाको आयोजनामा यो कार्यक्रम केही महिनाअघि शुरु गरिएको थियो । यो कार्यक्रम सिड्नी, ब्रिसबन, एडिलेड लगायतका सबै शहरहरुमा यसपहिल्यै सम्पन्न गरिसकिएको छ । नेपाली झण्डा तथा पहिरनका साथ मेलबर्नको प्रिन्सेस पार्कमा जम्मा भएका २ सय ५० बढी नेपालीहरुले करिब ५ किलोमिटर पैदलयात्रा गरेका थिए । कार्यक्रमलाई विदेशीहरुले समेत उत्सुकताका साथ अवलोकन गरेका थिए ।


भिक्टोरियाका लागि अवैतनिक वाणिज्यदुत चन्द्र योञ्जन, एनआरएनका पुर्व अध्यक्ष शेष घले, अष्ट्रेलिया अध्यक्ष टोनु घोताने, उपादक्ष्य केशव कंडेल लगायतले सहभागिता जनाएको कार्यक्रममा मानसिक तथा घरेलु समस्याबाट पिडितहरुले आफ्नो अनुभव सुनाएका थिए ।


एनआरएनको सामुदायिक कल्याणकारी कार्यक्रम अन्तरगत शुरु गरिएको कार्यक्रमबाट संकलन हुने रकमबाट बिभिन्न समस्याहरुबाट पीडितहरुलाई सहयोग पुरयाउने उद्देश्य रहेको कार्यक्रम संयोजक प्रतिज्ञा अधिकारीले जानकारी दिईन् । कार्यक्रममा सिड्नी लगायतका अन्य राज्यहरुबाट समेत एनआरएनका प्रतिनिधीहरुले सहभागिता जनाएका थिए ।




प्रकाशित : असार ११, २०७५ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?