२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

पोर्चुगलमा कांग्रेसको यूरोपस्तरीय भेला हुने

काठमाडौँ — यूरोपमा कांग्रेसका भातृसंगठनकारुपमा क्रियाशील जनसम्पर्क समितिको यूरोपस्तरीय भेला हुने भएको छ ।

पोर्चुगलमा कांग्रेसको यूरोपस्तरीय भेला हुने

आगामी जुलाई २१ मा पोर्चुगलको राजधानी लिस्वनमा पार्टी उपसभापति विमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा भेला हुन लागेको हो । कार्यक्रममा यूरोपमास्थित अन्य राष्ट्रिय समिति तथा सदस्यहरुको उपस्थिति रहने यूरोप समितिका महामन्त्री गंगा गौतमले जानकारी दिए ।


भेलामा कांग्रेसको पछिल्लो अवस्थाबारे गम्भीर छलफल हुने छ भने पार्टीले लिनुपर्ने कार्यदिशा तथा प्रवासमा पार्टी संगठन सुधारका विषयमा सुझाव र सहयोग संकलन गरिने गौतमले बताए । निधिकै उपस्थितिमा नर्वे र स्पेनमा प्रशिक्षण तथा भेला आयोजना गरिएको छ ।

प्रकाशित : असार १८, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?