१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

हङकङमा एनआरएन महिला फोरम गठन

किसन राई

हङकङ — गैर आवासीय नेपाली (एनआरएन) महिला फोरम हङकङ गठन गरिएको छ । महिला संयोजक अनु राईको संयोजकत्वमा गठित फोरम २१ सदस्यीय रहेको छ । 

हङकङमा एनआरएन महिला फोरम गठन

संयोजक राईका अनुसार महिला सशक्तिकरण, नेतृत्व विकास, समृद्धिलगायतका लागि फोरम गठन गरिएको हो । उक्त फोरमका सदस्यहरुमा क्रमश: विष्णु मुखिया, गीता गुरुङ, सावित्रा इङनाम, नानु गुरुङ, रिन्जी शेर्पा, निता थापा, कुरुण प्रधान, पवित्रा राई, देउकुमारी राई, सरस्वती चाम्लिङ, कल्याणी गुरुङ, अन्जु गुरुङ, अनिता राई, ईशु बर्देवा, देवी घिसिङ, सावित्री सुब्बा, विमता लिङदेन, सामिन वनेम, लक्ष्मी थापा र प्रभा राई रहेका छन् ।


गैर आवासीय नेपाली संघकी अध्यक्ष राधिका गुरुङको प्रमुखआतिथ्यमा सम्पन्न भेलाले असली लिम्बू, युगमाया राना, सरस्वती घिसिङ, रचना प्रधान, गोमा पुन, निलम थापा, मन्जु थापा र पविता पुमा राई फोरमको सल्लाहकारमा चयन गरेको छ ।


भेलालाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले अन्तर्राष्ट्रिय समन्वय समितिमार्फत फोरमले नेपालका दुर्गम क्षेत्रमा महिला स्वास्थ्य शिविर, सीपमूलक तालिम र आयमूलक व्यवसाय सञ्चालनमा सहयोग गर्ने योजना रहेको बताएकी थिइन् ।

प्रकाशित : असार २१, २०७५ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?