२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

हङकङमा नेपालीलाई सरकारी सम्मान

किसन राई

हङकङ — हङकङ सरकारबाट सम्मानित हुनेहरुको सूचीमा एक जना नेपाली परेका छन् । 

हङकङमा नेपालीलाई सरकारी सम्मान

नेपाल आदिवासी जनजाती महासंघ हङकङका निवर्तमान अध्यष मैनबहादुर थापालाई चिफ एक्जिक्युटिभ्स कमेन्डेसन फर कम्युनिटि सर्भिसबाट सम्मानित हुन लागेका हुन् ।


हङकङ स्थापना दिवसको दिन घोषणा गरी चीनको राष्ट्रिय दिवसको दिन प्रदान गरिने सम्मान लिस्टमा थापाको नाम प्रकाशित गरिएको छ । उनी मेम्बर अफ वर्किङ ग्रुप अन इथ्निक अफेयर्स अफ याउचिममोङ डिस्ट्रिक काउन्सिलका सदस्य समेत रहेका छन् ।


गृह मामिला विभागको विभिन्न समितिमा बसेर कार्य गरिरहेका थापा यसअघि विभिन्न निकायहरुबाट सम्मानित भइसकेका छन् । मगर संघ तथा क्षेत्रीय संघसंस्थाको नेतृत्व गरिसकेका थापाले हङकङ सरकारको सम्मानबाट सामाजिक कामका लागि उर्जा मिलेको बताए ।


पुख्र्यौली स्याङजा भइ बुटवलका ४९ वर्षीय थापा २० वर्ष अघि यहाँ आएका हुन् । विभिन्न संघसंस्थामा सक्रिय उनी सबै भन्दा ठूलो पार्टी डेमोक्रेटिक एलायन्स फर बेटरमेन्ट एण्ड प्रोग्रेस अफ हङकङ (डीएबी)का सदस्य हुन् ।


अहिलेसम्म उक्त सम्मानबाट सम्मानित हुने १२ जना नेपालीमा ८ जना डीएबीका सदस्यहरु रहेका छन् ।

प्रकाशित : असार २४, २०७५ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?