बलात्कारको आरोपमा अष्ट्रेलियामा एक नेपालीलाई साढे ६ वर्षको जेल सजाय

अष्ट्रेलिया — बलात्कारको आरोप लागेका एक नेपाली युवालाई मेलबर्नस्थित एक अदालतले साढे ६ वर्षको जेल सजाय सुनाएको छ । 

बलात्कारको आरोपमा अष्ट्रेलियामा एक नेपालीलाई साढे ६ वर्षको जेल सजाय

भण्डारी थरका २९ वर्षीय ती नेपाली युवाले करिब एक वर्षअघि २३ वर्षीया युवतीलाई यौन उत्पीडन गरेको र बलात्कार गरेको अभियोगमा अदालतले बिहीबार सजाय सुनाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।


समाचारमा जनाइएअनुसार बारिस्टाको रुपमा काम गर्ने नेपाली युवाले ती युवतीसँगै पबमा बसेर मदिरा पिउनुका साथै एकआपसमा चुम्बन समेत गरेका थिए । पछि युवतीको अनुमतिमा उनकै घरमा बास बसेकाे र युवती सुतेको अवस्थामा शारीरिक उत्पिडन पुर्‍याएको र बलात्कार गरेको आरोप उनीमाथि लागेको थियो ।


उक्त घटनाको बारेमा उजुरी परेपछि उनलाई अध्यागमनको हिरासतमा राखिएको थियो । ती युवाले आरोपलाई भने अस्वीकार गरेको बताइएको छ । निर्णय सुनाउने क्रममा न्यायाधीश रिर्चाड स्मिथले चुम्बनलाई शारीरिक सम्बन्धका लागि अनुमति मान्न नसकिने र युवतीले आफ्नो घरमा सुरक्षित महसुस गर्न पाउनुपर्ने बताएको उल्लेख गरिएको छ ।

अष्ट्रेलियामा शारीरिक उत्पिडन र बलात्कारको घटनालाई गम्भीर रुपमा लिइने गरिन्छ । अष्ट्रेलियामा बलात्कारको अधिकतम् सजाय २५ वर्ष रहेको छ ।

अष्ट्रेलियाको अदालती नियम अनुसार ती युवाले ४ वर्ष जेल सजाय पुरा गरेपछि परोलका लागि योग्य हुनेछन् । काम गर्ने भिषामा रहेका भनिएका उनी सजाय काटिसकेपछि सम्भवत: नेपाल फिर्ता पठाइने समेत उल्लेख गरिएको छ ।

प्रकाशित : असार २८, २०७५ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?