अस्ट्रेलियाले घटायो आप्रवासी कोटा

नारायण खड्का

अस्ट्रेलिया — पछिल्लो समय आप्रवासीप्रति कडा नीति लिएको अस्ट्रेलियाले हरेक वर्ष आप्रवासीलाई प्रदान गर्दै आएको स्थायी अनुमतिको संख्या १० प्रतिशतभन्दा बढीले घटाएको छ । अस्ट्रेलियाले हरेक वर्ष निश्चित संख्यामा आप्रवासीलाई अस्ट्रेलिया प्रवेशको अनुमति दिने गरेको छ ।

सरकारको पछिल्लो तथ्यांकअनुसार गतवर्षको तुलनामा यहाँ प्रवेश पाउने आप्रवासीको संख्या करिब २१ हजारले कम गरिएको छ । गतवर्ष करिब १ लाख ८४ हजारले आप्रवासीका रूपमा प्रवेशको अनुमति पाएकोमा यस वर्ष करिब १ लाख ६३ हजारलाई मात्र प्रवेशको अनुमति पाएका छन् ।

अध्यागमन विभागको तथ्यांकअनुसार सबैभन्दा धेरै स्किल माइग्रेसन कार्यक्रमअन्तर्गत प्रवेश पाउनेहरूको संख्या करिब १२ हजार बढीले कम गरिएको छ भने पारिवारिक शीर्षकअन्तर्गत आउनेहरूको संख्या करिब ९ हजारले कम भएको छ ।

अस्ट्रेलियाका अध्यागमन मन्त्री पिटर डट्टनले आप्रवासीको संख्या कम हुनुमा अध्यागमन विभागको चुस्त कार्य र आवेदकको झूटो आवेदनका कारण कम भएको बताएका छन् । उनले अस्ट्रेलियाले आफ्नो देशको भलाइका लागि अहिले ल्याउँदै गरेको आप्रवासीहरूको संख्या कम गर्नुपर्ने बताउँदै आएका छन् ।

Yamaha

अस्ट्रेलियामा आप्रवासीको रूपमा प्रवेश पाएपछि सरकारद्वारा उपलब्ध सेवा लिनेभन्दा पनि मिहिनेत गरेर सरकारलाई केही योगदान दिनेहरूको आवश्यकता रहेको बताइँदै आएको छ । अस्ट्रेलियामा आएको आप्रवासीहरूको संख्या एक दशककै कम भएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

तथ्यांकअनुसार अस्ट्रेलियामा सबैभन्दा धेरै आप्रवासीको संख्या भारतबाट रहेको छ भने त्यसपछि चीन र बेलायत रहेका छन् । अस्ट्रेलियाले यहाँ आवश्यक पर्ने विभिन्न ज्ञान, सीप र दक्षता भएका विदेशीहरूलाई उनीहरूको देशबाटै स्थायी बासिन्दाको रूपमा अस्ट्रेलिया भित्र्याउँदै आएको छ ।

अस्ट्रेलियामा आउने आप्रवासीको संख्या कम गर्नुपर्ने आवाज बढिरहेको सन्दर्भमा आप्रवासीको संख्या कम हुनुले अस्ट्रेलियामा रहेकाहरूले थप अवसरहरू पाउनेसमेत दाबी गरिँदै आएको छ ।

Esewa Pasal

प्रकाशित : असार ३१, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जापानमा बाढीले मृत्यु हुने २०४ पुगे

बीबीसी/एएफपी

कुरासिकी — जापानको पश्चिमी क्षेत्रमा एक साता अघिदेखिको वर्षासँगै आएको बाढीले मृत्यु हुनेको संख्या २ सय ४ पुगेको छ । दर्जनाैं बेपत्ता छन् । जापान सरकारका प्रवक्ताका अनुसार वर्षाका कारण उद्धारमा समेत कठिनाइ भएको छ ।

जापानी राष्ट्रिय टेलिभिजन एनएचकेले उद्धारका लागि हजारौं सेना तथा प्रहरीहरू खटाइए पनि प्रभावकारी हुन नसकेको जनाएको छ ।

मौसमविद्हरूले वर्षा अझै केही दिन ननरोकिने जनाएका छन् । कतिपय स्थानमा पहिरोको जोखिम रहेको बताइएको छ । क्योडो समाचार संस्थाले मृत्यु हुनेमध्ये केही पहिरोमा पुरिएका हुन् । राजधानी टोकियोदेखि ६ सय किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको छ । हिरोसिमामा पनि पानीको तह बढेको छ । अधिकारीहरूले उक्त बाढी ३ दशकयताकै विनाशकारी भएको जनाएका छन् ।

अधिकारीहरूले हजारौं मानिसको उद्धार गरिएको तथा लाखौं मानिसलाई सुरक्षित स्थानमा सर्न चेतावनी दिएको जनाएका छन् । उद्धार गरिएकालाई विद्यालय भवन, जिमखाना तथा सार्वजनिक स्थानमा राखिएको छ ।

करिब ५ लाख जनसंख्या रहेको कुरासिकी क्षेत्रमा यसअघि सन् २०१४ मा भीषण बाढी आएको थियो । उक्त बाढीका कारण ७७ जनाको ज्यान गएको थियो ।

प्रकाशित : असार ३१, २०७५ ०९:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT