कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

कोमामा रहेका लुङ्गेलीको रकम अभावले उपचारमा समस्या

काठमाडौँ — हृदयघात भई कोमामा राखिएका इलामका जङ्गबहादुर लुङगेलीको रकम अभावले उपचारमा समस्या उत्पन्न भएको छ । उनको उपचारमा अहिलेसम्म एक लाख ३४ हजार दिर्हाम (झन्डै ३४ लाख रुपैयाँ) खर्च भइसकेको पारिवारिक स्रोतले जनाएको छ ।

कोमामा रहेका लुङ्गेलीको रकम अभावले उपचारमा समस्या

दुबईको फार्म फ्रेश एलएलसी कम्पनीमा कार्यरत लुङ्गेलीलाई गत जुन १९ तारिख क्याम्पमै हृदयघात भएको थियो । उनको दुवईस्थित एनएमसी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनको अवस्था स्थिर छ ।

लुङ्गेलीको अवस्था बुझ्न यूएईका लागि कार्यवाहक राजदूत सागर फुयाँलले अस्पताल पुगेका थिए । उनले अस्पताल र कम्पनीका प्रतिनिधिहरु थप उपचार खर्च र एयर एम्बुलेन्समार्फत बिरामीलाई नेपाल पठाउने बारेमा छलफल गरेको एनआरएन यूएईका पूर्वमहासचिव सन्तोष प्रसाईंले बताए ।

प्रकाशित : श्रावण १, २०७५ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?