२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

नेजाद्वारा पत्रकारहरू सम्मानित

काठमाडौँ — नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले पत्रकार आङछिरिङ शेर्पालाई यस वर्षको नेजा लिडरसिप अवार्डले सम्मान गरेको छ ।

नेजाद्वारा पत्रकारहरू सम्मानित

त्यस्तै पत्रकारहरू शुरेशचन्द्र पोखरेल र लेखनाथ भण्डारीलाई लाइफटाइम अचिभमेन्ट अवार्डद्वारा सम्मान गरिएको छ ।


उनीहरूलाई अमेरिकाको सियाटालमा आयोजित नेजाको छैटौं अधिवेशनमा सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले सम्मान प्रदान गरेका थिए ।


न्युयोर्कबाट प्रकाशन हुँदै आएको एभरेष्ट टाइम्स पत्रिका तथा एभरेष्ट टाइम्स अनलाइनका प्रधान सम्पादक शेर्पाले आफ्नो कार्यकालमा नेपालको ग्रामीण भेगमा पत्रकारिता पुरस्कार तथा तालिममा महासंघमार्फत् सहयोग गरेका थिए ।


शेर्पा नेजाका पूर्वअध्यक्ष तथा सल्लाहकार हुन् ।

प्रकाशित : श्रावण ७, २०७५ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?