अनेसासद्वारा महिला सम्मानित

कान्तिपुर संवाददाता

अमेरिका, न्युयोर्क — अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले न्युयोर्कमा आयोजित कार्यक्रममा नवरत्न पुरस्कारबाट विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।

अनेसासद्वारा महिला सम्मानित

कार्यक्रमका प्रमुख अतिथि कला खरेललाई अमेरिकामा बसेर व्यवसायका माध्यमबाट रोजगारीको अवसर प्रदान गरेको, समाजसेवा र सामाजिक कार्यमा सक्रिय रहेकोले अनेसास नवरत्न विमला चाम्लिङ राई पुरस्कारबाट सम्मान गरिएको छ।


त्यसैगरी कार्यक्रममा पुनम काफ्ले, विमला निरौलालाई अनेसास नवरत्न महिला पुरस्कार २०१८ बाट सम्मानित गरिएको छ। अनेसास नवरत्न बालपरतिभा पुरस्कार २०१८ बाट अरमानी महर्जन, सिम्रन अघिकारी, श्रीनीति रिजाल पुरस्कृत भएका छन् ।


नवरत्न पुरस्कार नेपाली भाषा, साहित्य, संगीत, समाजसेवा, कला र व्यवसायमा संलग्न नौ महिला प्रतिभालाई हरेक दुई वर्षमा प्रदान गरिँदै आएको छ । पुरस्कारमा २ सय अमेरिकी डलर र सम्मानपत्र रहेको छ ।


सम्मान कार्यक्रममा उपस्थिति हुन नसक्ने अभिनेत्री मनीषा कोइराला, गायिका हरिदेवी कोइराला, स्रष्टाहरू उन्नति बोहोरा शिला, र लक्ष्मी माली, समाजसेवी तुलसीदेवी राई, व्यवसायी मीना खड्का क्षत्री तथा रंगकर्मी सम्पदा मल्ल त्यस्तै, जापान बसेर लामो समयदेखि सितारवादनमा क्रियाशील सुषमा ओमातालाई अनेसास नवरत्न विशिष्ट साधक सम्मान र अनेसास बाल साहित्य सम्मान सम्बन्धित देशमा नै कार्यक्रम आयोजना गरी दिइने अनेसासले जनाएको छ ।

प्रकाशित : श्रावण १७, २०७५ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?