कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अष्ट्रेलियाबाट 'काजीको घोडा' सार्वजनिक 

कान्तिपुर संवाददाता

अष्ट्रेलिया — अष्ट्रेलियाका गायक डा. रामकृष्ण निरौलाले नेपालको पुर्वी भाकामा ‘काजीको घोडा’ गीत सार्वजनिक गरेका छन् । 

अष्ट्रेलियाबाट 'काजीको घोडा' सार्वजनिक 

जैविक बिज्ञानमा अष्ट्रेलियाको युनिभर्सिटी अफ साउथ अष्ट्रेलियाबाट बिद्यावारिधी गरेका निरौलाले पहिलो सांगीतिक सृजनाका रुपमा प्रस्तुत गरेको गीतमा ४० वर्षअघिको नेपाली परिवेशलाई भुमिका बनाएका छन् ।

भिमफेदी गाईज, स्वस्तिमा खड्का, सञ्जु शाह र जुना सुन्दासद्धारा अभिनित गीतको रचना भुवन शिवाकोटीको छ भने अष्ट्रेलियाकै संगीतकार आरसी थापाले संगीत दिएका छन् । भिडियोलाई बिकास सुवेदीले निर्देशन गरेका छन् ।

प्रकाशित : श्रावण १७, २०७५ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?