कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

तामाङ समाज न्युयोर्कद्वारा विद्यार्थी सम्मान

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकामा उच्च शिक्षा हासिल गरेका ११ जना तामाङ युवाहरुलाई तामाङ समाज न्युर्योकले सम्मान गरेको छ । न्युयोर्क राज्यमा बसोबास गरी सन् २०१८ मा एसोसिएट डिग्री वा सो भन्दा माथि हासिल गरेका ११ जनालाई सम्मान गरिएको हो ।

तामाङ समाज न्युयोर्कद्वारा विद्यार्थी सम्मान

साथै विद्यार्थीहरुको भावी करिअरका सन्दर्भमा पनि छलफल गरिएको विज्ञप्तिमा जनाइएको छ । सम्मानित हुनेहरुमा मास्टर्स डिग्री गरेका अमृत लामा, ब्याचलर डिग्री गरेका मरिना तामाङ, उमा लामा, करुणा लामा, निलिमा रुम्बा र एन्जेला छन् । त्यसैगरी एसोसिएट डिग्री गरेका तेन्जी योन्जन, सरिता लामा, साङ्मो लामा, तेन्जिङ योन्जन र सोनिका लामा पनि सम्मानित भए ।


न्युयोर्कस्थित ज्याक्सन हाइटमा सम्पन्न कार्यक्रममा उच्च शिक्षासँगै अमेरिकामा कसरी आफूले चाहेको क्षेत्रमा करिअर विकास गर्ने भन्ने विषयमा पनि छलफल चलाइयो । वर्षा मोक्तान, आसमान लामा, कम्प्युटर ईन्जिनियर रोशन लामा, ईलेक्ट्रिक ईन्जिनियर समिर तामाङ, लाग्वार्डिया कम्युनिटी कलेजका सल्लाहकार प्रविन मोक्तान, युवा व्यवसायी पवन योञ्जन, पूर्वमिस तामाङ (२०१३) लाक्पा तामाङलगायतले करिअर विकाससम्बन्धी अनुभव सुनाएका थिए ।


कार्यक्रममा युवाहरुलाई करिअर सफलताका लागि अमेरिकाबाट प्रोफेसर एवं समाजशास्त्री डा. क्याथरिन मार्च, नेपालबाट सांसद नविना लामा, नेपाली सेनाका कर्णेल तथा गीतकार आसबहादुर तामाङ, जापानका लागि पूर्वराजदूत तथा समाजसेवी गणेश योन्जन, क्याप्टेन एवं कलाकार विजय लामालगायतले शुभकामना पठाएको तामाङ समाज न्युयोर्कका सचिव दिपेन्द्र लामाले विज्ञप्तिमा जनाए ।


कार्यक्रममा उपस्थित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका महासचिव बाबुराम लामा, तामाङ समाज उत्तर अमेरिकाका अध्यक्ष लक्यान लामा, संस्थापक अध्यक्ष सुवास लामा, पूर्वअध्यक्षहरु राम तामाङ, सूर्य पाख्रिनलगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यार्थी सम्मान कार्यक्रमलाई प्रत्येक वर्ष नियमित गर्ने तामाङ समाज न्युयोर्ककी अध्यक्ष गोमा योन्जनले बताइन् ।


सचिव दीपेन्द्र लामा, सहसचिव रोज लामा, कार्यक्रम संयोजक छिरिङ योन्जनले सहजीकरण गरेको कार्यक्रममा सदस्य नुर्बु तामाङले कार्यक्रमको औचित्यबारे प्रस्ट्याएका थिए ।

प्रकाशित : श्रावण २०, २०७५ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?