३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

अष्ट्रेलियमा रहेका नेपालीको तथ्यांक संकलन गर्दै दूतावास

नारायण खड्का

अष्ट्रेलिया — अष्ट्रेलियास्थित नेपाली दूतावासले अष्ट्रेलियामा मृत्यु भएका, जेल वा डिटेन्सन सेन्टरमा रहेका नेपालीहरुको खोजी सुरु गरेको छ । दूतावासले अष्ट्रेलियामा रहेका सबै अवैतनिक दूतहरुलाई निर्देशन जारी गरेर सूचना संकलन गर्न भनेको छ ।

अष्ट्रेलियमा रहेका नेपालीको तथ्यांक संकलन गर्दै दूतावास

दूतावासले सबैलाई औपचारिक इमेल मार्फत स्थानीय संघसंस्थाहरुसँग समन्वय गरेर सबै नेपालीहरुको जानकारी र सूचना एक सातासम्ममा दिनका लािग अवैतनिक वाणिज्य दूतावासहरुलाई निर्देशन दिएको हो । दूतावासको निर्देशनमा मृत्यु भएका, जेल वा डिटेन्सन सेन्टरमा रहेका र उद्दार अथवा नेपाल फिर्तीका लागि सहयोग आवश्यक भएका कुनै नेपालीहरु भए सूचना दिन भनेको छ । दूतावाससँग अहिलेसम्म नेपालीहरुको कुनैपनि तथ्यांकहरु नभएकाले तथ्यांक संकलन सुरु गरिएको बताइएको छ ।

क्यानबेरामा रहेको नेपाली दूतावासलाई यहाँका विद्यार्थीहरुका साथै विभिन्न संघसंस्थाहरुले नेपालीहरुको तथ्यांकहरु राख्नका लागि आग्रह गर्दै आएका छन् । सोही आग्रहलाई ध्यानमा राखेर अवैतनिक वाणिज्यदूतावासका साथै सबै संघसंस्थाहरुसँग सूचनाका लागि आग्रह गरिएको कार्यवाहक राजदूत दु्रपदा सापकोटाले बताइन् । उनले आफूहरुसँग यस सम्बन्धि कुनैपनि सूचना आधिकारिक रुपमा नरहेकाले समेत नेपालीहरुको जानकारी आवश्यक भएको बताइन् ।

कार्यवाहक राजदूत सापकोटाले आफूहरुले सूचनाका लागि अष्ट्रेलियाको केन्द्रिय मन्त्रालय तथा राज्यस्तरमा रहेका विभिन्न सरकारी निकायहरुसँग समेत आग्रह गरेको बताइन् । ‘हामीले दूतावास स्थापना भएको यति लामो समयसम्म पनि कुनैपनि आधिकारिक जानकारी राख्न नसकेकाले समेत सबै प्रकारका सुचनाहरु राख्ने प्रक्रिया सुरु गरेका हौं,’ उनले भनिन् ।


प्रकाशित : श्रावण २७, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?