अस्ट्रेलिया — हिन्दू नारीहरुको मुख्य पर्व तीज आउन महिना दिन बाँकी छँदै अस्ट्रेलियामा तीज कार्यक्रम सुरु भइसकेको छ । सिड्नीमा शनिबार मात्रै नेपालका चर्चित कलाकारहरुको साथमा दुई वटा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा कोमल ओली, माण्डवी त्रिपाठी, शान्तिश्री, खुमन अधिकारी, तेजस रेग्मीलगायत गायक, गायिकाहरुले सहभागिता जनाए । सिड्नीको अलावा पार्कमा मायालु इन्टरटेन्मेन्टले ३ हजार बढी सहभागी तीज महोत्सवमा ओलीलगायत कलाकारले मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा महिला, बालबालिकाका साथै नेपालबाट आएका अभिभावकहरु साँझसम्म रमेका थिए ।
नारी निकुञ्जद्वारा हरेक वर्ष आयोजना हुने कार्यक्रममार्फत नेपालमा पाठेघर खस्ने समस्या पीडित महिलालाई नि:शुल्क स्वास्थ्यसेवा पुर्याउन सहयोग जुटाउने गरिएको छ । प्रकाशित : श्रावण २७, २०७५ १७:१३
सुर्खेत — उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिकुमार पोख्रेलले नेपाल बार एसोसिएसन पेशागतभन्दा राजनीतिक संगठन भएको बताएका छन् । उनले बारले कानुन व्यवसायीको पेशागत संगठनको रुपमा आफ्नो पहिचान बनाउनुपर्ने बताए ।
नेपाल कानुन व्यवसायी परिषदद्वारा आयोजित कार्यक्रममा सहभागी । तस्बिर : कलेन्द्र सेजुवाल / कान्तिपुर
‘यो (नेपाल बार) राजनीतिक वा पेशागत कस्तो किसिमको संगठन हो, प्रष्ट हुनुपर्छ,’ नेपाल कानुन व्यवसायी परिषदद्वारा आइतबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले भने, ‘यदि यो राजनीतिक रुपमा अघि बढ्यो भने न्याय र कानुनको क्षेत्रमा राम्रो हुँदैन ।’
मुख्य न्यायाधीश पोख्रेलले कानुन व्यवसायीप्रति पनि गुनासो गरे । ‘कानुन व्यवसायी भनेका ‘सामाजिक अभियन्ता पनि हुन्, तर यहाँ त पैसा कमाउने व्यवसायी हुन् भन्ने जस्तो देखिन्छ,’ उनले भने, ‘अब हामीले आफ्नो व्यवहार र कार्यशैली सच्याउन आवश्यक छ ।’
परिषदका पूर्वसदस्य ध्रुवकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला न्यायाधीश ध्रुवकुमार शाह, कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धर, वरिष्ठ अधिवक्ता भूषण मानन्धर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कानुन उपसचिव जंगबहादुर डाँगी, उच्च अदालतको सहन्यायाधिवक्ता सुरेन्द्रजंग शाही लगायतले बोलेका थिए ।