तीज नआउँदै अस्ट्रेलियामा कार्यक्रम

नारायण खड्का

अस्ट्रेलिया — हिन्दू नारीहरुको मुख्य पर्व तीज आउन महिना दिन बाँकी छँदै अस्ट्रेलियामा तीज कार्यक्रम सुरु भइसकेको छ । सिड्नीमा शनिबार मात्रै नेपालका चर्चित कलाकारहरुको साथमा दुई वटा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा कोमल ओली, माण्डवी त्रिपाठी, शान्तिश्री, खुमन अधिकारी, तेजस रेग्मीलगायत गायक, गायिकाहरुले सहभागिता जनाए । सिड्नीको अलावा पार्कमा मायालु इन्टरटेन्मेन्टले ३ हजार बढी सहभागी तीज महोत्सवमा ओलीलगायत कलाकारले मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा महिला, बालबालिकाका साथै नेपालबाट आएका अभिभावकहरु साँझसम्म रमेका थिए ।

Yamaha


अर्कोतिर नारी निकुञ्ज न्यु साउथ वेल्सले सिड्नीकै ओरियन फक्सन सेन्टरमा गरेको तीज कार्यक्रममा माण्डवी त्रिपाठीले सहभागीहरुलाई नचाएकी थिइन् । कार्यक्रममा दरसमेत खुवाइएको थियो ।

नारी निकुञ्जद्वारा हरेक वर्ष आयोजना हुने कार्यक्रममार्फत नेपालमा पाठेघर खस्ने समस्या पीडित महिलालाई नि:शुल्क स्वास्थ्यसेवा पुर्‍याउन सहयोग जुटाउने गरिएको छ ।

प्रकाशित : श्रावण २७, २०७५ १७:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

अष्ट्रेलियमा रहेका नेपालीको तथ्यांक संकलन गर्दै दूतावास

नारायण खड्का

अष्ट्रेलिया — अष्ट्रेलियास्थित नेपाली दूतावासले अष्ट्रेलियामा मृत्यु भएका, जेल वा डिटेन्सन सेन्टरमा रहेका नेपालीहरुको खोजी सुरु गरेको छ । दूतावासले अष्ट्रेलियामा रहेका सबै अवैतनिक दूतहरुलाई निर्देशन जारी गरेर सूचना संकलन गर्न भनेको छ ।

दूतावासले सबैलाई औपचारिक इमेल मार्फत स्थानीय संघसंस्थाहरुसँग समन्वय गरेर सबै नेपालीहरुको जानकारी र सूचना एक सातासम्ममा दिनका लािग अवैतनिक वाणिज्य दूतावासहरुलाई निर्देशन दिएको हो। दूतावासको निर्देशनमा मृत्यु भएका, जेल वा डिटेन्सन सेन्टरमा रहेका र उद्दार अथवा नेपाल फिर्तीका लागि सहयोग आवश्यक भएका कुनै नेपालीहरु भए सूचना दिन भनेको छ। दूतावाससँग अहिलेसम्म नेपालीहरुको कुनैपनि तथ्यांकहरु नभएकाले तथ्यांक संकलन सुरु गरिएको बताइएको छ।

क्यानबेरामा रहेको नेपाली दूतावासलाई यहाँका विद्यार्थीहरुका साथै विभिन्न संघसंस्थाहरुले नेपालीहरुको तथ्यांकहरु राख्नका लागि आग्रह गर्दै आएका छन्। सोही आग्रहलाई ध्यानमा राखेर अवैतनिक वाणिज्यदूतावासका साथै सबै संघसंस्थाहरुसँग सूचनाका लागि आग्रह गरिएको कार्यवाहक राजदूत दु्रपदा सापकोटाले बताइन्। उनले आफूहरुसँग यस सम्बन्धि कुनैपनि सूचना आधिकारिक रुपमा नरहेकाले समेत नेपालीहरुको जानकारी आवश्यक भएको बताइन्।

कार्यवाहक राजदूत सापकोटाले आफूहरुले सूचनाका लागि अष्ट्रेलियाको केन्द्रिय मन्त्रालय तथा राज्यस्तरमा रहेका विभिन्न सरकारी निकायहरुसँग समेत आग्रह गरेको बताइन्। ‘हामीले दूतावास स्थापना भएको यति लामो समयसम्म पनि कुनैपनि आधिकारिक जानकारी राख्न नसकेकाले समेत सबै प्रकारका सुचनाहरु राख्ने प्रक्रिया सुरु गरेका हौं,’ उनले भनिन्।

प्रकाशित : श्रावण २७, २०७५ ११:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT