काठमाडौँ — कतारमा सर्लाही प्रवासी सेवा समाजको नवौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पेम्वा घलानको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
प्रथम उपाध्यक्ष कुमार न्यौपाने, द्वितीय उपाध्यक्ष बुद्धि श्रेष्ठ, महासचिव सुजन बराल, सचिव पुर्ण बहादुर महत, कोषाध्यक्ष राजेश भुजेल, सहकोषाध्यक्ष भिम बम्जन रहेका छन् ।
सदस्यहरु क्रमश: भेषबहादुर घिसिङ्ग, ज्ञानबहादुर बम्जन, निर्मल घिसिङ्ग, पदम बहादुर बल, धनबहादुर मोक्तान, देबेन्द्र पाख्रिन, शंकर कार्की, बैकल्पीक सदस्य ओकबहादुर भुजेल रहेका छन् ।
समाजको संरक्षक राम ईन्दल थिङ्ग, प्रमुख सल्लाकार श्यामलाल चौधारी सल्लाहकारहरु होम बहादुर स्याङबो, हरि लाल महतो रहेका छन् ।
समाजका अध्यक्ष पेम्बा घलानको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि मो हुसेन खानले कतारमा कार्यरत सर्लाही वासीको हितको लागि समाज सक्रिय रहेको वताए ।
कार्यक्रममा राम इन्दल थिङ्गले प्रतिवेदन प्रस्तुत गरेका थिए । समाजले एचआईभी संक्रमीत बालबालिका शिक्षाको लागि बेबी लाइफ होममा आर्थिक सहयोग, अलपत्र कामदारलाई फिर्ता हवाई टिकट, क्यासर पीडित कान्छीमाया तामाङ्ग र लालमाया ब्लोनलाई आर्थिक सहयोग, ४० जना बाढीपीडित परिवारलाई भाँडाकुँडा, क्यासर्पदश हस्पिटल निमार्ण लागि आर्थिक सहयोग गरेको थिङले वताए ।
काठमाडौँ — साउदी अरेबियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरको रिहाइका लागि सङ्कलन गरिएको ६७ लाख रुपैयाँ सरकारलाई हस्तान्तरण गरिएको छ ।
दुई वर्षदेखि साउदी जेलमा रहेका घर्तीमगरको रिहाइका लागि साउदी अरब अदालतले तोकेको ब्लड मनी (पीडितलाई दिइने क्षतिपूर्ति रकम) रु ६७ लाख ‘दिलबहादुर बचाउन ब्लडमनी सङ्कलन अभियान–२०७५’ मूल समितिले बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई हस्तान्तरण गरेको हो । अभियानका संयोजक दीपेश पुन, सचिव जीवन रोकामगर र दिलबहादुरकी पत्नी मनिका बुढाले रकम हस्तान्तण गरे ।
उक्त रकम साउदी अरबमा रहेको नेपाली दूतावासमार्फत सम्बन्धित निकायसम्म पुर्याउन परराष्ट्र मन्त्रालयले बुधबार नै प्रक्रिया सुरु गरेको छ । परराष्ट्रमन्त्री ज्ञवालीले दिलबहादुरको जीवनरक्षाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
मन्त्री ज्ञवालीले ब्लडमनी रकम साउदी अरब पुर्याएर दिलबहादुरलाई जति सक्दो चाँडो नेपाल ल्याउने आश्वासन दिए ।