कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सम्पर्क विहिन बिज्ञान मृत फेला 

काठमाडौँ — परिवार र कम्पनीसँग सम्पर्क विहिन रहेका बराहक्षेत्र नगरपलिका– २, सुनसरीका २७ वर्षीय विज्ञान बस्नेतको कतारमा मृत अवस्थामा हमाद अस्पतालमा फेला परेका छन् । अस्पतालको अनुसार उनको सडक दुर्घटनामा परी मृत्यु भएको हो ।

सम्पर्क विहिन बिज्ञान मृत फेला 

परिवार र साथीभाईसँग सम्पर्क विहिन भएका बस्नेतको दुर्घटनाबाट मृत्यु भएको हमाद अस्पतालले जनाएको छ । उनी ४ वर्ष देखि कतारको सनैया–४५ स्थित सुस मार्बल कम्पनीमा कार्यरत थिए ।

उनी २ अगस्तदेखि घर परिवार र कम्पनीमा समेत सम्पर्क विहिन थिए । हमाद अस्पतालको शव विभागमा कम्पनी र नेपाली दूतावासले सम्पर्क गरेपछि बस्नेतको शव अस्पतालमा रहेको जानकारी प्राप्त भएको हो । उनको अगस्त ३ मा सडक दुर्घटनामा परी मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनी क्याम्पबाट साथीलाई भेट्न निस्केका थिए ।


प्रकाशित : भाद्र ४, २०७५ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?