१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

एनआरएनको युएईमा मध्यपुर्व सम्मेलन हुँदै   

काठमाडौँ — मध्यपुर्व (खाडी) क्षेत्रमा कार्यरत नेपाली कामदारका सवालका बिषयमा छलफल गर्न गैरआवासीय नेपाली संघ (एनआरएन) को छैटौं क्षेत्रीय सम्मेलन बिहिवारदेखि संयुक्त अरव इमिरेट्स (युएई)को पर्यटकीय शहर दुवईमा हुदैछ । दुई दिनसम्म चल्ने यो सम्मेलनले घोषणापत्र जारी गर्नेछ । 

एनआरएनको युएईमा मध्यपुर्व सम्मेलन हुँदै   

भदौ ८ र ९ गते हुने कार्यक्रममा सहभागी हुन कतार, साउदी अरव, कुवेत, बहराइन, ओमन र लेवनान लगायत १२ देशबाट प्रतिनिधि आउने युएईका अध्यक्ष रमेश श्रेष्टले वताए । सम्मेलनलाई उद्घाटन गर्न सरकारको तर्फवाट खानेपानी मन्त्री विना मगर युएई जाँदैछन् ।


कार्यक्रममा युएईका लागि कार्यबाहक राजदूत सागरप्रसाद फुयाँल, एनआरएनका पूर्व अध्यक्ष डा. उपेन्द्र महतो, अध्यक्ष भवन भट्ट र एनआरएन आइसीसीका पदाधिकारीको उपस्थिती हुने आयोजकले जनाएको छ ।


सम्मेलनको सम्पुर्ण तयारी पुरा भइसकेको अध्यक्ष श्रेष्ठले वताए ।


मध्यपुर्व संयोजक आरके शर्माले खाडी क्षेत्रमा कार्यरत नेपालीको सवाल निकै महत्व रहेकोले सम्मेलनमा महत्वपुर्ण बिषयहरुमा छलफल हुने वताए ।


प्रकाशित : भाद्र ५, २०७५ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?