नेप्लिज नर्सिङ एसोसिएसन यूकेले जुम्लामा मातृशिशु केन्द्र बनाउने 

कान्तिपुर संवाददाता

लन्डन — नेप्लिज नर्सिङ एसोसिएसन यूकेले जुम्लाको सिन्जा गाउँपालिकास्थित भादगाउँमा मातृशिशु केन्द्र बनाउन एक च्यारिटी गर्दै आफ्नो दसौँ वार्षिकोत्सव मनाएको छ ।

एसोसिएसनले सिन्धुपाल्चोक र गोरखामा एक एक वटा विद्यालय निर्माण गरिसकेपछि जुम्लाको मातृशिशु केन्द्र तेस्रो महत्वाकांक्षी प्रोजेक्टका रुपमा लिएको हो ।

Yamaha


एसोसिएसनकी अध्यक्ष प्रसुना कँडेलले मातृशिशु केन्द्र बनाउन करिब ६० लाख (४२ हजार पाउण्ड) आवश्यक भएकामा हालसम्म च्यारिटीसहित चन्दाबाट करिब २० हजार पाउण्ड संकलन भएको जनाइन् ।

कार्यक्रमका प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतका नेपाली नर्सहरु नेपालको स्वास्थ्य क्षेत्रको विकास र ग्रामीण भेगमा सिमान्तकृत बासिन्दाको स्वास्थ्य सेवामा निरन्तर लागि रहेकामा प्रशंसा गर्दै उनीहरुको प्रतिष्ठित र सम्मानित पेशा समस्त नेपालीले गौरव गर्ने पेशा भएको उल्लेख गरे ।

कार्यक्रममा नेप्लिज डक्टर्स एसोसिएसन (एनडिए) यूकेका अध्यक्ष डा. सविन जोशी, रोयल कलेज अफ नर्सिङका डेपुटी प्रेसिडेन्ट रड थोम्पसन, एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी लगायतले एशोसिएसनले नेपाल र बेलायतमा गरेका मानवीय कार्यको खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रममा संस्था स्थापनाको दशक लामो अवधिमा महत्वपूर्ण योगदान पुर्‍याउने संस्थापक अध्यक्ष अजिता सिम्खडा, पूर्व अध्यक्षत्रय शान्ता संग्रौला, बासु लामिछाने र सुशीला कार्की, सल्लाहकारहरु टुका स्याण्डवेल क्षत्री, मन सुनुवार, राजेन्द्र क्षत्री लगायतलाई विशेष सम्मान गरियो ।

एसोसिएसनले नेपालका चर्चित हांस्यव्यंग्य कलाकार एवं साहित्यकार शैलेन्द्र सिम्खडालाई पनि सम्मान गरेको थियो ।

Esewa Pasal

प्रकाशित : भाद्र १०, २०७५ १४:४५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बिदा अटेरी गरेको भन्दै राष्ट्र बैंकको जनकपुर कार्यालयमा मन्त्रीको ताल्चा

अजित तिवारी

जनकपुर — प्रदेश सरकारले दिएको सार्वजनिक बिदा निर्णय अटेरी गरेको भन्दै नेपाल राष्ट्र बैंकको जनकपुर कार्यालयमा आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवले ताल्चा लगाइदिएका छन् । 

नेपाल राष्ट्र बैंक जनकपुरमा आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादव ताल्चा लगाउदै । प्रदेश २ मा सार्वजनिक बिदा घोषणा गरेको प्रदेश सरकारको निर्णय अटेरी गरेपछी मन्त्री यादवले ताल्चा लगाइदिएका हुन् ।

प्रदेश २ को सरकारले आइतवाररक्षा बन्धनको अवसरमा सार्वजनिक विदा घोषणा गरेको थियो ।

प्रदेश सरकारको बिदा अटेरी गर्ने सरकारी कार्यालय र बैंकको अनुगमनमा निस्केका मन्त्री यादवले धेरैबेरको वार्तापछि पनि राष्ट्र बैंक बन्द गर्न नमानेपछि बैंकको मुख्य गेटमा ताल्चा लगाइदिएका हुन्छ । मन्त्री यादव आफ्ना अंगरक्षकसहित राष्ट्र बैंक पुगेका थिए।

प्रदेश सरकारको निर्णय मानेर बैंकमा पनि बिदा दिन उनले सुरुमा आग्रह गरेका थिए। तर, राष्ट्र बैंकले बन्द गर्ने वा नगर्ने विषयमा राष्ट्र बैंकको मुख्यालयमा लिखित जानकारी नआएसम्म केही गर्न नसकिने बताएपछि मन्त्री यादवले राष्ट्र बैंकको गेटमा ताल्चा लगाइदिएका हुन्।



प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ १० गते रक्षा बन्धन तथा जनै पूर्णिमाको बिदा घोषणा गरेपनि संघीय सरकार मातहतका कार्यालयले केन्द्रीय सरकारले विदा नदिएको भन्दै विदा दिन मानेका थिएनन् । विदाको अनुगमन गर्न प्रदेश सरकारका मन्त्री आफैं निस्केका हुन्।

संविधानले प्रदेश सरकारलाई बिदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरुले विदा दिन नमानेपछि बाध्य भएर ताला लगाउनु परेको मन्त्री यादवले बताए।
प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले रक्षा बन्धनको दिन आइतबार सार्वजनिक बिदाको घोषणा गरेपछि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रलयले शनिबार अपरान्ह सार्वजनिक अपिल निकालेर बिदा मान्न सबै सरकारी कार्यालय, बैंक, संस्थान, निजी क्षेत्रलाई आग्रह गरेको थियो।

मुस्लिमहरुको पर्व कुर्वानीका दिन पनि प्रदेश सरकारले दिएको बिदा सरकारी कार्यालयहरुले अटेरी गरेको थियो।

प्रकाशित : भाद्र १०, २०७५ १४:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT