कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

एम्बेसी फेस्टिवलमा नेपालको सहभागिता 

काठमाडौँ — नेदरल्याण्ड्सको डेन हाग नगरपालिकाको सहयोगमा लाइभ वेभ संस्थाले आयोजना गरेको  बहु सांस्कृतिक प्रवर्द्धन गर्नका लागि गत एक सेप्टेम्बरमा आयोजना गरेको एम्बेसी फेस्टिवलमा नेपाली दूतावास बेल्जियमले पनि सहभागिता जनाएको छ । 

एम्बेसी फेस्टिवलमा नेपालको सहभागिता 

वेनेलक्स तथा युरोपेली मिसनका लागि नेपाली राजदुत लोक बहादुर थापाले नेपालको बहु संस्कृति, परिकारहरु, भेषभुषा र पर्यटन तथा नेपाली उत्पादनहरुको प्रवर्द्धन गर्नका लागि जानकारी दिदै नेपाललाई युरोपेली डायस्पोरा लगायत संसारका विभिन्न मुलुकहरु नेपाललाई परिचित बनाउन सहयोग पुगेको र नेपालमा जाने पर्यटकको संख्यामा वद्धि हुने विश्वास लिएको बताउनु भयो । हाल नेदरल्याण्ड्सबाट करिब तेह्र हजारको संख्यामा पर्यटक नेपाल जाने गरेका छन् ।


फेस्टिवलमा नेपाल प्याभिलिएन मार्फत पर्यटन, हस्तकला, नेपाली परिकार प्रवद्र्धन, भेषभुषा र पर्यटन सम्बन्धी जानकारीहरु प्रदान गरिएको थियो ।


नेपालीहरुको तर्फबाट कार्यक्रमको व्यवस्थापन एनआरएन नेदरल्याण्ड्स र नेदरल्याण्ड्सका नेपाली संघसंस्थाहरुले गरेका थिए । उक्त फेस्टिवलमा ६२ वटा राजदूतावासहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : भाद्र १९, २०७५ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?