क्यान्सरपीडित, त्यो पनि ब्रेन क्यान्सरको तेस्रो स्टेजमा पुगेर बाँच्ने संघर्ष गरिरहेको साथी बचाउन केसम्म गर्न सकिन्छ ? सिड्नीका एक अस्ट्रेलियाली नागरिकले आफ्ना नेपाली साथीको उपचारमा सहयोग जुटाउन २ सय ५० किलोमिटर जंगल पदयात्रा गर्दै छन् । त्यो पनि लगातार १० दिनसम्म ।
मलेसियाले कामदारको न्युनतम पारिश्रमिकमा वृद्धि गरेको छ । मलेसियाली प्रधानमन्त्री कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै मलेसियाका सबै निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारका लागि आगामी वर्षको जनवरीदेखि लागू हुने गरी ५० रिंगिट वृद्धि गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
नेदरल्याण्ड्सको डेन हाग नगरपालिकाको सहयोगमा लाइभ वेभ संस्थाले आयोजना गरेको बहु सांस्कृतिक प्रवर्द्धन गर्नका लागि गत एक सेप्टेम्बरमा आयोजना गरेको एम्बेसी फेस्टिवलमा नेपाली दूतावास बेल्जियमले पनि सहभागिता जनाएको छ ।
सर्वाेच्च अदालतले विदेशमा रहेका नेपालीलाई पनि मतदानको व्यवस्था मिलाउन दिएको आदेशप्रति अस्ट्रेलियाका नेपालीले खुसी व्यक्त गरेका छन् । प्रवासी नेपालीहरूको संगठन एनआरएनएले उक्त आदेशको स्वागत गरेको छ ।
गैरआवासीय नेपाली संघको मध्यपूर्व सम्मेलनले वैदेशिक रोजगारीमा जाने कामदारको शून्यलागतलाई कार्यान्वयन गर्नका लागि गन्तब्य देशसँग श्रम सम्झौता गर्न सरकारलाई आग्रह गरेको छ ।
मध्यपुर्व (खाडी) क्षेत्रमा कार्यरत नेपाली कामदारका सवालका बिषयमा छलफल गर्न गैरआवासीय नेपाली संघ (एनआरएन) को छैटौं क्षेत्रीय सम्मेलन बिहिवारदेखि संयुक्त अरव इमिरेट्स (युएई)को पर्यटकीय शहर दुवईमा हुदैछ । दुई दिनसम्म चल्ने यो सम्मेलनले घोषणापत्र जारी गर्नेछ ।