कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एभरेस्ट टाइम्सको १० औं वार्षिकोत्सवमा च्यारिटी कार्यक्रम आयोजना

लन्डन — बेलायतबाट प्रकाशित हुँदै आएको एभरेस्ट टाइम्सले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा च्यारिटी कार्यक्रम गरेको छ  । उक्त पत्रिकाले अल्डरसटस्थित एम्पायर हलमा शुक्रबार च्यारिटी कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो । च्यारिटीबाट संकलित रकम नेपालमा क्रियाशील अपांगता भएका महिला पत्रकारहरुलाई पुरस्कृत गरिने एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक दुत पुनले जानकारी दिए ।  

एभरेस्ट टाइम्सको १० औं वार्षिकोत्सवमा च्यारिटी कार्यक्रम आयोजना

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, गैरआवासीय नेपाली संघ आइसीसीका उपाध्यक्ष कुल आचार्य, बेलायतमा क्रियाशील विभिन्न संस्थाका अध्यक्ष, प्रतिनिधिहरुको सहभागिता थियो ।


कुलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रिकाको १०औं वार्षिकोत्सवको विशेष प्रकाशन विमोचन गरिएको थियो ।


एभरेस्ट टाइम्स साप्ताहिकले बेलायतवासी नेपाली समुदायका गतिविधि र नेपालका समसामयिक विषयवस्तु समेट्दै आएको छ ।

प्रकाशित : भाद्र २४, २०७५ ०३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?