कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सवको तयारी पुरा

न्यूयोर्क — नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) ले यही सेप्टेम्बर १५ र १६ मा आयोजना गर्न लागेको दोश्रो आदिवासी चलचित्र महोत्सव र निफ्फ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सवको तयारी पुरा

फिप्नाले न्यूयोर्कको ज्याक्सन हाइटमा अवस्थित मुस्ताङ किदुगको कार्यालयमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी पूरा भएको जानकारी दिएको हो ।


महोत्सव संयोजक एवं फिप्नाका वरिष्ठ उपाध्यक्ष राजकुमार विष्टले नेपालको आदिवासी जनजातिहरुको भाषा, धर्म, संस्कार, संस्कृति र रितिरिवाजहरुको संरक्षण, संर्द्धन र प्रवर्द्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागेको बताए । महोत्सवले आदिवासी जनजातिहरुको चलचित्रको विकास र बजार प्रवर्धन गराउन मद्दत पुर्याउने फिप्नाका अध्यक्ष मान रानामगरको भनाई छ । आदिवासी चलचित्रकर्मीहरुलाई मुलधारको चलचित्र क्षेत्रमा स्थापित गराउन सहयोग र प्रोत्साहन गर्न तथा आदिवासीहरुको संस्कार र संस्कृतिलाई लिपीवद्ध गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।


न्यूयोर्कको क्वीन्समा अवस्थित गुल्सन टेरेशमा २ दिनसम्म चल्ने महोत्सवमा आदिवासी जनजातिहरुको भाषा, धर्म, संस्कृति र रितिरिवाजमा आधारित रहेर बनाइएका ९ वटा चलचित्र, ३ वटा छोटो चलचित्र, २ वटा वृत्तचित्र र छनौटमा नपरेका विभिन्न समुदायको छोटो चलचित्रको विशेष प्रदर्शन गरिने आयोजकले जनाएको छ । महासंघले प्रारम्भिक चरणमा चलचित्र छनौटका लागि आदिवासी चलचित्र महासंघ नेपालका अध्यक्ष अमृत सुनुवारको संयोजकत्वमा ५ सदस्यीय प्रारम्भिक छनौट समिति गठन गरेको थियो ।

त्यसमा सुनुवारसहित अनिल बुढा, श्रीजना सुब्बा, अरुण प्रधान, भुपेन्द्र गुरुङ रहेका समितिले पहिलो चरणमा पूर्ण तथा छोटो चलचित्र र वृत्तचित्र गरी ४६ वटा मध्ये २४ वटा छनौट गरेर पठाएको जनाएको छ ।


प्रकाशित : भाद्र २५, २०७५ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?