अष्ट्रेलियामा दुई सातामा तीन नेपालीको मृत्यु

कान्तिपुर संवाददाता

अष्ट्रेलिया — दुई साताको अवधिमा अष्ट्रेलियाको सिड्नीमा ३ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा एक विद्यार्थी, एक युवक र नेपालबाट आफन्त भेट्न सिड्नी आएकी एक महिला रहेको अष्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ ।


एनआरएन पदाधिकारीहरुका अनुसार गत शुक्रबार सिड्नीको बरउडमा बस्दै आएका पोखरा घर भएका नेपाली विद्यार्थी सन्तोष धमला बाथरुममा गएको तर लामो समयसम्म बाहिर ननिस्किएपछि साथीहरुले प्रहरीलाई खबर गरेका थिए।

Yamaha


घटनापछि उनलाई उपचारका लागि अस्पताल लगिएपनि बचाउन सकिएन। ४ वर्षअघि विद्यार्थी भिषामा अष्ट्रेलिया आएका उनको मृत्युको कारण थाहा पाउन सकिएको छैन। उनको शव कोरोनरको कार्यालयमा राखिएको छ। उनको शवलाई सिड्नीमा नै दाहसंस्कार गर्ने तयारी भइरहेको बताइएको छ।

यसैगरी सिड्नीकै हर्नस्बीमा बसोबास गर्ने महेन्द्र श्रेष्ठको सोमबार बिहान मृत्यु भएको छ। सोही स्थानमा रहेको नेपालीहरुको संस्था नर्थसोर नेप्लिज कम्युनिटीका उपाध्यक्ष सरोज पाण्डेकाअनुसार राति सुतेका बेला बिरामी परेका उनलाई उपचारका अस्पताल लगिएपनि बचाउन सकिएको थिएन। उनको शव पनि कोरोनरको कार्यलयमा राखिएको छ।

परिवारसहित उक्त स्थानमा बस्दै आएका उनको शवलाई परिवारको आग्रहमा दाहसंस्कारका लागि नेपाल पठाउने तयारी सुरु गरिएको छ। १० वर्षअघि विद्यार्थी भिषामा आएका उनले अध्ययन पूरा गरेर अष्ट्रेलियामा नै स्थायी बसोबासको अनुमति लिइसकेको बताइएको छ।

करिब ७ महिनाअघि चितवन घर भएर सिड्नीको पेन्टहस्टमा रहेका आफ्ना आफन्त भेट्न आएकी कौशिला न्यौपानेको करिब दुई साताअघि मृत्यु भएको दूतावासले जनाएको छ। दूतावासकी उपनियोग प्रमुख दु्रपदा सापकोटाकाअनुसार अस्वस्थ भएपछि उपचारका लागि उनलाई कोग्राहा अस्पताल लगिए पनि ज्यान जोगाउन सकिएन।

परिवारको आग्रहमा उनको शव नेपाल पठाउन कागजात तयार गरेर दिइएको सापकोटाले बताइन्।
उनले सिड्नीमा मृत्यु भएका दुबै जनाको बारेमा आफूहरुलाई सूचना आएको र आवश्यक सहयोग पुर्‍याइरहेको समेत बताइन्। यसैगरि मृतकका आफन्तलाई सहयोगका लागि अष्ट्रेलियास्थित एनआरएनले समेत आवश्यक सहयोग पुर्‍याइरहेको महासचिव नारायण कोइरालाले बताए।

Esewa Pasal

प्रकाशित : भाद्र २६, २०७५ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सुक्खा पहिरोले ५३ परिवार विस्थापित

करिब एक हजार मिटर माथिबाट गएको पहिरोले विस्थापित भएकाहरू गोठमा बसिरहेका छन्
मेनुका ढुंगाना

अछाम — सुख्खा पहिरोले मेल्लेख–७ नन्देगडाको रिठा गाउँमा ५३ घर जोखिममा परेका छन् । केही स्थानीय पहिरोको त्रासले छिमेकी गाउँमा सरेका छन् ।

रिठा गाउँभन्दा करिब एक हजार मिटर माथिबाट पहिरो खसिरहेको छ । तल्लो भेगमा बस्ने ५३ परिवार घर छाडेर छिमेकी गाउँ सरेका छन् । उनीहरूलाई कति बेला के हुने हो भन्ने चिन्ताले सताउन थालेको छ । ‘घरमाथिबाट पहिरो जान थालेपछि केही परिवार छिपेखोलाको छेउमा रहेका गोठमा सरेका छन् भने केही पल्लो टोलमा शरणार्थी भएका छन्,’ स्थानीय टंक साउदले भने, ‘निरन्तर पहिरो झरिरहेकाले हामी निकै त्रासमा छौं ।’


शनिबार बिहानदेखि पहिरो खस्न थालेको हो । हालसम्म मानवीय क्षति भने नभएको स्थानीय द्रौपदी साउदले बताइन् । उनले भनिन्, ‘रातिको समयमा पहिरो गएमा मानवीय क्षति हुने डर थियो । बिहानबाट पहिरो खसेकाले स्थानीय सुरक्षित स्थानमा सरे ।’


अर्का स्थानीय धनवीरे बुढाका अनुसार यसअघि त्यहाँ पहिरोले पुर्दा एकै घरका ३ जनाको मृत्यु भएको थियो । धेरै परिवार विस्थापित भएका थिए । पहिरोसँगै ठूला ढुंगासमेत खसिरहेकाले माथिल्लो भागको बस्ती अति नै जोखिममा हुँदा नबस्न सल्लाह दिएको वडा ७ का वडाअध्यक्ष नरबहादुर साउदले बताए ।


‘जमिन भासिने क्रम नरोकिएकाले बस्तीमा जति बेला पनि ठूलो क्षति हुनसक्ने अवस्था रहेकाले वैकल्पिक व्यवस्था गर्न आग्रह गरेका छौं,’ उनले भने, ‘गाउँपालिकाले विपद् व्यवस्थापनका लागि ३० लाख छुट्याएको छ ।


अहिले नै स्थानीय तहबाट जोखिम बस्तीलाई केही सहयोग भने उपलब्ध गरिएको छैन । कार्यपालिकाको बैठक बसेर राहत दिने निर्णय हुन्छ ।’


जिल्लाका अन्य ठाउँमा बिनामापदण्ड सडक खन्दा पहिरोको घटना भए पनि रिठागाउँमा भने सडकले छोएको छैन । जंगल भए पनि सुक्खा पहिरो गएको छ ।


जिल्ला प्रशासन र प्रहरी लगायतका निकायले शनिबार उक्त क्षेत्रको अनुगमन गरेका थिए । आइतबार नेपाल रेडक्रस सोसाइटीले पहिरो पीडित २० परिवारलाई त्रिपाल वितरण गरेको छ ।

प्रकाशित : भाद्र २६, २०७५ १०:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT