कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पशु चिकित्सक तिवारीको ओमानमा मृत्यु 

काठमाडौँ — पशु चिकित्सक डा. विष्णुबाबु तिवारीको सोमवार ओमनमा मृत्यु भएको छ । ओमनको रोयल दिवान कोर्ट अन्तर्गत अल वस्ता जंगली जनावर संरक्षण केन्द्रमा कार्यरत तिवारीको सडक दुर्घटनामा ज्यान गएको हो ।

पशु चिकित्सक तिवारीको ओमानमा मृत्यु 

भरुभुमिमा रहेको जनावारलाई पानी लिएर गएको ट्याङकी पल्टदा उनको ज्यान गएको हो । ट्याङकर चालक भने सामान्य घाइते छन् ।

उनी दुखुम क्षेत्रस्थित भरुभुमिका रहेका जंगली जनावरको उपचारमा सक्रिय थिए । उनी दिवान कोर्टमा २०१४ देखि कार्यरत थिए । उनको शव स्थानीय अस्पतालमा राखिएको छ । शवलाई मस्कटमा ल्याई नेपाल पठाउने तयारी भइरहेको छ । दुर्घटनास्थल मस्कटमा झन्डै ७ सय किलाेमिटर टाढा पर्छ ।


प्रकाशित : भाद्र २६, २०७५ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?