कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अमेरिकामा नेपाली युवकद्वारा आत्महत्या

न्युयोर्क — क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा बस्दै आएका एक नेपाली युवाले समुद्रमा हामफालेर आत्महत्या गरेका छन् । बे एरियामा बस्दै आएका विद्यार्थी सञ्जित भट्टले बुधबार पुलबाट समुद्रमा हामफालेका थिए । 

अमेरिकामा नेपाली युवकद्वारा आत्महत्या

भट्टको मुलघर नवलपरासीको परासी बजार रहेको बुझिएको छ । अध्ययनसँगै उवर चालक रहेका भट्ट, बुधबार राति घरबाट आमाले पकाएको खाना खाएर काममा जाने भन्दै हिडेको परिवारका एक सदस्यले बताए ।


उनी निस्के लगत्तै कोठामासँगै बस्ने साथीले सुसाइट नोट देखेपछि परिवारलाई खबर गरेका थिए । भट्टले नोटमा आफु जिन्दगीबाट विरक्तिएको र समुद्रमा हामफाल्न हिडेको उल्लेख गरेका थिए ।


कन्ट्राकोष्ट कम्युनिटी कलेजबाट अध्ययन सकेर, सानफ्रान्सिस्को स्टेट युनिभर्सिटीमा भर्ना हुने तयारीमा रहेका भट्टले सानराफेल पुलबाट हामफाल्दै आत्महत्या गरेका थिए । प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि करिब २ बजे बिहान शव फेला पारेको थियो ।

प्रकाशित : भाद्र २९, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?