कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

एनआरएनए क्षेत्रीय बैठक हङकङमा हुने

किसन राई

हङकङ — गैर–आवासीय नेपाली संघ (एनआरएनए)को छैठौं एशिया–प्यासफिक क्षेत्रीय बैठक मंसिर २२–२३ (डिसेम्बर ८–९)का दिन हङकङमा हुने भएको छ । 

एनआरएनए क्षेत्रीय बैठक हङकङमा हुने

बैठक सम्बन्धी पत्र क्षेत्रीय संयोजक किरण थापाले हङकङकी अध्यक्ष राधिका गुरुङलाई हस्तान्तरण गरेका छन् । एनआरएनए चीनको विवाद मिलाउने क्रममा ग्वाङझाउ आएका थापाले उक्त पत्र रामादा होटलमा हस्तान्तरण गरेका हुन् ।


पत्रमा भर्खरै जापानमा सम्पन्न ‘नेपाल डे’को अवसरमा बैठकको घोषणा भएको उल्लेख गरिएको छ । उक्त बैठकका लागि गठन हुने तयारी समितिमा उक्त क्षेत्रका सबै देशबाट प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य र राष्ट्रिय समन्वय समितिका अध्यक्षहरु सदस्य रहने छन् ।


संयोजक थापाका अनुसार प्रत्येक दुई वर्षमा हुने क्षेत्रीय बैठक यो भन्दा अघि थाइल्याण्ड, फिलिपिन्स, मलेसिया, जापान र कोरियामा सम्पन्न भइसकेका छन् । ती देश बाहेक मकाउ, ताइवान, बर्मा, लाओस, बु्रनाइ, कम्बोडिया र सिंगापुरलगायतका देशमा एनआरएन गठन भएका छन् । चीनमा भने गत वर्षको अधिवेशनमा विवाद भएपछि अहिलेसम्म समिति गठन हुन सकेको छैन ।


बैठक सम्बन्धी पत्र हङकङलाई हस्तान्तरण गर्दै क्षेत्रीय संयोजक किरण थापा दायााबाट दोश्रा ।


प्रकाशित : भाद्र २९, २०७५ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?