कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समुद्रमा हामफालेर आत्महत्या

न्युयोर्क — क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा बस्दै आएका एक नेपाली युवाले समुद्रमा हामफालेर आत्महत्या गरेका छन् । बे एरियामा बस्दै आएका विद्यार्थी सन्जित भट्टले बुधबार पुलबाट समुद्रमा हामफालेका थिए । भट्टको मुलघर नवलपरासीको परासी बजार रहेको बुझिएको छ । 

समुद्रमा हामफालेर आत्महत्या

अध्ययनसँगै उबर चालक रहेका भट्ट बुधबार राति घरबाट आमाले पकाएको खाना खाएर काममा जाने भन्दै हिँडेका परिवारको एक सदस्यले कान्तिपुरलाई बताए । उनी निस्के लगत्तै कोठामासँगै बस्ने साथीले सुसाइड नोट देखेपछि परिवारलाई खबर गरेका थिए । भट्टले नोटमा आफू जिन्दगीबाट विरक्तिएको र समुद्रमा हामफाल्न हिँडेको उल्लेख गरेका थिए ।


कन्ट्राकोष्ट कम्युनिटी कलेजबाट अध्ययन सकेर, सानफ्रान्सिस्को स्टेट युनिभर्सिटीमा भर्ना हुने सुरसारमा रहेका भट्टले सानराफेल पुलबाट हामफालेर आत्महत्या गरेका थिए । प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि करिब २ बजे बिहान शव फेला परेको थिए । पोष्टमार्टम भइसकेको भट्टको शुक्रबार दाहसंस्कार गरिनेछ ।

प्रकाशित : भाद्र २९, २०७५ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?