चेपाङ बस्तीको स्वास्थ्यचौकीलाई हङकङबाट सात लाख

किसन राई

हङकङ — मकवानपुरको चेपाङ बस्तीमा निर्माणाधीन स्वास्थ्यचौकीका लागि प्रथम मिसेज हङकङ नेपाल टीमले सात लाख सहयोग गर्ने भएको छ । मिस नेपाल श्रृङ्खला खतिवडाको प्रोजेक्ट उक्त स्वास्थ्यचौकी कैलाश गाउँपालिका–७ ताम्लाङमा रहने छ ।

चेपाङ बस्तीको स्वास्थ्यचौकीलाई हङकङबाट सात लाख

सहयोग संकलनको लागि टीमले भाद्र ३ मा च्यारिटि डिनरको आयोजना गरेको थियो । उक्त कार्यक्रमको आय–विवरण सार्वजनिक गर्दै टीमले लक्ष्य भन्दा बढी सहयोग संकलन भएको जनाएको छ । कार्यक्रममा उपस्थित गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष भवन भट्टले सर्वाधिक २० हजार हङकङ डलर प्रदान गरेका थिए ।


कार्यक्रमका संयोजक तथा प्रथम मिसेज हङकङ नेपाल पविता राईले बढी भएको तीन लाखले आपतकालिन कोष खडा गरिने बताइन् । उनका अनुसार उक्त रकम अन्य परोपकारी कार्यमा खर्च गरिने छ । कोषमा ११ जना सदस्यहरुबाट मासिक लेभीको रुपमा समेत रकम संकलन गरिने छ ।


मिसेज हङकङ नेपाल आयोजक नेपाली महिला संघ हङकङकी अध्यक्ष राधिका गुरुङका अनुसार उक्त स्वास्थ्य चौकीको छानाका लागि यो भन्दा अघि व्यावसायी प्रकास पुनबाट तीन लाख प्रदान गरिएको छ ।



प्रकाशित : भाद्र ३०, २०७५ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?