कतारको अनेसासमा भट्टराई 

काठमाडौँ — अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरको अध्यक्षमा खोटाङका प्रेमप्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

कतारको अनेसासमा भट्टराई 

समाजको दोहामा सम्पन्न अधिवेशनले भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । प्रथम उपाध्यक्ष सिताराम थापा, द्वितीय उपाध्यक्ष मणि पौडेल, महासचिव लेख कार्की, सचिव यादब रेग्मी, कोषाध्यक्ष दिलिप पराजुली र सहकोषाध्यक्षमा खेमराज सुवेदी छन् । सदस्यहरु क्रमश: चक्र कार्की, नारायण निर्जल भण्डारी, सागर भण्डारी बिभोर, सन्तोष अधिकारी रहेका छन् ।


कार्यक्रममा १५३ औं मोती जयन्ती तथा अनेसास–नवोदित साहित्यिक वाचनालयको ८५ औं डबली समेत सम्पन्न भएको थियो । ‘मोती एक गजल अनेक नामक’ सामूहिक बिशेष गजल वाचन कार्यक्रम गरिएको थियो । गजलकारहरु ईश्वर राई, दिलिप पराजुली, नारायण निर्लज भण्डारी,चक्र कार्की र सन्तोष अधिकारीले गजलहरु बाचन गरेका थिए ।


नेपाल पत्रकार महासंघ कतार शाखाका प्रमुख सल्लाहकार गणेश बन्जाडे, अनेसास कतार च्याप्टरका प्रमुख सल्लाहकार रेगिस्तानी कवि तिर्थसङ्गम राई, नबोदित साहित्य वाचनालय कतारका अध्यक्ष दिप मिलन लगायतको उपस्थीति भएको थियो ।

डवलीका विशिष्ट श्रोता डा. राजेशकुमार पौडेलले प्रबासमा नेपाली साहित्यको बिकास भइरहेको भन्दै खुशी ब्यक्त गरे ।


प्रकाशित : आश्विन १, २०७५ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?