कतारमा प्रदेश नम्बर ३ गठन 

काठमाडौँ — कतारमा प्रदेश नम्बर ३ बाट काम गर्न पुगेका नेपाली कामदारले प्रदेश नम्बर ३ को समन्वय परिषद् गठन गरेका छन् । समिर केशीको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । 

कतारमा प्रदेश नम्बर ३ गठन 

परिषदको तदर्थ समिति संयोजक नन्दप्रसाद ढुंगानाको सभापतित्वमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षद्वय विष्णु भण्डारी र रमेश तिवारी, महासचिव कविन्द्र कडेँल, सचिव बहादुर तामाङ, कोषाध्यक्ष गौरवराज अधिकारी, सहकोषाध्यक्ष भक्तराम श्रेष्ठ रहेका छन् ।

सदस्यहरु क्रमश: नेत्रकुमार वाइवा, पुष्प मोक्तान तामाङ, गणेश अधिकारी, नन्दराम सुवेदी, निकास तामाङ छन् । १३ जिल्ला संस्थाहरुबाट मनोनीत सदस्यहरुमा केशरीप्रसाद डल्लाकोटी (धादिङ), धनबहादुर भुजेल(सिन्धुली), अनिललोप्चन तामाङ (नुवाकोट ), रामहरि तिवारी (काभ्रेपलान्चोक), रुद्रबहादुर भुजेल(सिन्धुपाल्चोक), सुरज सुवेदी (दोलखा), कृष्णराज तिमिल्सिना (ललितपुर), राजेन्द्र देवकोटा (चितवन ) रहेका छन् ।

प्रकाशित : आश्विन १, २०७५ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?