कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गोलीकाण्डमा एक नेपालीको मृत्यु 

न्युयोर्क — बिहीबार मेरिल्याण्ड राज्यमा घटेको गोलीकाण्डमा एक नेपाली महिलाको मृत्यु भएको छ । मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा भएको गोलीकाण्डमा ४१ वर्षीया वृन्दा गिरीको ज्यान गएको हो ।

गोलीकाण्डमा एक नेपालीको मृत्यु 

घटनामा अन्य तीन जनाको समेत निधन भएको प्रहरीले जनाएको छ ।


मेरिल्याण्डको बाल्टिमोर शहरबाट करिब ३५ माईल उत्तर पुर्व एबरडिनमा रहेको ‘राईड एड’ कम्पनीमा बिहीबार ९ बजे गोली चलेको थियो । सोहि कम्पनीमा कार्यरत एक महिला कर्मचारीले अन्धाधुन्द गोली चलाएकी थिईन ।


गोलीमा मृत्यु भएकी गिरी पाँच महिना अघि मात्र अमेरिका आएकी थिईन । उनका १४ वर्षीया छोरी र ११ वर्षका छोरा छन् । घटनामा अर्का नेपाली पूर्ण आचार्य घाईते भएका छन् ।

प्रकाशित : आश्विन ६, २०७५ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?