कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

डा. भट्टराईलाई सुझावको चाङ

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकाको वाशिंगटन डीसी क्षेत्रमा बसोबास गर्ने गैरआवासीय नेपालीहरुले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेपालसंग अन्तर्क्रिया गरेका छन् ।

डा. भट्टराईलाई सुझावको चाङ

'भिजन फर अ डेभलप्ड नेपाल बाई २०४०' दिइएको उक्त कार्यक्रममा त्यस क्षेत्रका नेपाली मूलका बौद्धिकहरुको जमघट थियो । भट्टराईले कार्यक्रममा सन् २०२२ सम्ममा नेपाललाई बिकाशशिल मुलुक, २०३० सम्ममा मध्यम स्तरको आय भएको मुलुक र २०४० सम्ममा बिकसित मुलुक बनाउने आफ्नो कार्ययोजना रहेको बताएका थिए ।


कार्यक्रममा अमेरिकामा टनेल इञ्जिनियरका रुपमा चर्चा कमाएका डा. सन्दीप प्याकुरेलले काठमाडौं–हेटौडा सुरुङ्गमार्गलगायत नेपालका पहाडहरुमा सुरुङ मार्ग निर्माण गरे विकासमा अघि बढ्न सकिने बताएका थिए ।


त्यसैगरी डीसीको पोटोम्याक नदीको फोहोर पानीलाई प्रशोधन गर्ने कार्यमा संलग्न डा. बिपिन पाठक र डा. पुस्कर रेग्मीले काठमाडौँको बागमती र विष्णुमती खोलाको पानीलाई पिउन योग्यन बनाउन सकिने धारणा राखेका थिए ।


कार्यक्रममा बिश्व बैंकको मुख्यालयमा कार्यरत अर्थशास्त्री डा. गोबिन्द तिमिल्सिनाले सन् २०४० सम्ममा नेपाललाई बिकसित मुलुक बनाउनको लागि गर्नुपर्ने कामहरुका बारेमा प्रस्तुती दिएका थिए । कार्यक्रममा प्राध्यापक डा. गोपी उप्रेती, ई. ठाकुर ढकाल, ई. डिल्ली न्यौपाने र ई. मंगल महर्जनले पनि आआफ्नो विषयमा सुझावहरु दिएका थिए ।


कार्यक्रम अमेरिकन सोसाईटी अफ् नेप्लीज ईञ्जिनियर्स वाशिंगटन डीसी मेट्रोका अध्यक्ष उत्तम सेढाई र अमेरिका नेपाल सोसाईटीका पूर्व अध्यक्ष खेम भट्टचनको संयोजकत्वमा भएको थियो ।


कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीले पुर्व प्रधानमन्त्री भट्टराईलाई कार्यक्रमका आयोजकलाई धन्यवाद दिएका थिए ।

प्रकाशित : आश्विन २६, २०७५ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?