१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दशैं सम्झदैं नेपाली डायस्पोरा

दिनेशजंग शाह

न्यूयोर्क — बिजया दशमीको रौनक चलिरहेको बेला, सात समुन्द्रपार अमेरिकामा बस्ने नेपालीका लागि भने ‘दशै’ एक सम्झना बन्दै गएको छ । ‘परदेशको तन, नेपाली मन’ भने झैं, दशैं आएको त छ, तर मन उमङ्गित छैन् ।

दशैं सम्झदैं नेपाली डायस्पोरा

सामाजिक संजालहरुमा दशैंको धुम त मंच्चिएको त छ । तर, मन पिङ झैं मच्चिएको भने छैन् । शुभकामना आदान प्रदानको चाङ त लागेकै छ । तर आफन्त, नातागोता एवम इष्टमित्रको अत्तोपत्तो नै छैन । कता जमरा, कता टिकोटालो । यस्तै यस्तै सम्झनामै रुमल्लिएको छ, नेपाली डायस्पोरा ।


विदेशमा पहिलो कुरा, दिनचर्या नै व्यस्त छ । दोस्रो, न छुट्टी, न भेटघाट । त्यसमा पनि यसपटक दशैंको साईत, कामकाजको दिन शुक्रबार, परेको छ । यसै सन्दर्भमा, प्रतिनिधी पात्रको रुपमा कान्तिपुरले अमेरिकामा रहेका नेपालीहरुसँग दशैबारे गरेको संक्षिप्त कराकानीको संम्पादित अंश


सुदिप पन्त, क्यालिफोर्निया


झण्डै दश बर्षको अमेरिका बसाईमा मैले नौं वटा दशैं ‘मिस’ भएका छन । मेरो जन्मथलो, झापामा नवरात्री भरि आयोजना गरिने दुर्गा पुजाको रौनक सबैभन्दा बढी छुटेको महसुश गर्छु, हरेक दशैंमा । साथी भाईहरुको सँग पुर्नमिलन, अर्काे पक्ष हो, जो सधै दशैंमा खटकिरहन्छ ।

तारा धामी, न्ययोर्क


मेरो पुर्खाैली थलो दार्चुलामा दशैको रौनक नै अर्कै हुन्थ्यो । सम्झदा पनि यो मन अहिले चङगा बन्छ । यहाँ त कामले फुसर्द नै छैन । अमेरिकामा कहाँं जाने आफन्त खोज्न ? एकैघरमा तीन, चार पुस्ता जम्मा भएर, टिकाटालो गरेको दशैको बेला सबैभन्दा धेरै मिस हुन्छ ।

मालिनी भट्टराई दाहाल, मेरिल्याण्ड, गोकुल पौडेल, क्यालिफोर्निया र शारदा श्रेष्ठ, क्यालिफोर्निया ।


मालिनी भट्टराई दाहाल, मेरिल्याण्ड


दशैं आयो कि, मेरो गाँउ अर्घाखाँचीलाई मिस गर्छु । साथीसंगीहरुको खुबै याद आउँछ । आहा, त्यो मालश्री धुन, पिङग, सरसफाई र लिप पोत गरेर घर चिटिक्क पारेको घर, रमाईलो मौसम सबैभन्दा धेरै मिस हुन्छ । यता अमेरिकाको दशैं त खै के दशैं । सारै खल्लो दशैं ।


नवराज खड्का, न्यूयोर्क


बाबा, आमा एवम आफन्तहरुबाट नवदुर्गा भवानीको प्रसादको रुपमा टिका ग्रहण गर्दा प्राप्त हने अमुल्य आर्शिवादको क्षण र निधार भरीको टिका, विदेशमा कहाँ भेटनु । परदेशको ठांउँमा, दशै आउंँदा, बाल्यकालको सम्झनाले मन पुकलित बन्छ । साथी भाईहरु सँग टिका लगाउन, गाँउ गाँंउ डुलेको धेरै नै मिस हुन्छ ।


शारदा श्रेष्ठ, क्यालिफोर्निया


नवरात्रीमा नौ धारामा बिहानै झिसमिसे उज्यालोमै नुहाउन गएको खुबै याद आउछ । त्यो दमकको रौनक, टिकाटालो, सम्झदा अहिले मन निकै खल्लो बन्छ । दशैको नयाँ लुगा, पिङग असाध्यै मिस हन्छ । यहाँ त दशै भन्ने मात्र हो । के गर्नु, कसैलाई फुर्सद नै छैन । कहाँंको त्यो दशैंको आफनोपन यता हुनु ।


जानुका वस्ती ढकाल, न्यूयोर्क


दशैं आयो कि आफनो जिल्ला गोरखा मिस हन्छ । शुरुवातमा बाबा, आमा खुबै मिस हन्थ्यो । अहिले संगै भएकोले खासै मिस त हुदैन । तर पनि त्यो दशैं मौहाल, त्यो दशैंको मौसम, अनि घरको रंगरोगन, लिप पोत त खुबै याद आउँछ ।


गोकुल पौडेल, क्यालिफोर्निया


विदेशमा दशैं सारै मिस हुन्छ । न काम बाट छुट्टी, न त छोराछोरीको स्कुल बिदा नै । २५ बर्ष भन्दा बढी भयो, अमेरिकामा दशै मिस हुन लागेको । न त मान्यजनको आर्शिवाद, न पिङगको आनन्द, अमेरिकामा चण्डीपाठ कहाँ सुन्न पाउनु । सिमित परिवार भित्र, हरेक पटक दशै कल्पना गर्दै मनाउन बाध्य छौं ।


प्रकाशित : कार्तिक २, २०७५ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?