कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

लन्डन पशुपतिनाथ मन्दिरमा टीका कार्यक्रम 

कान्तिपुर संवाददाता

लन्डन — साउथ इष्ट लन्डन, प्लमस्टेडमा अवस्थित युरोपकै पहिलो पशुपतिनाथ मन्दिरमा शुक्रबार दसैं टीका कार्यक्रम भएको छ ।

लन्डन पशुपतिनाथ मन्दिरमा टीका कार्यक्रम 

पण्डित निलहरि घिमिरे र ददिराम काफ्लेले भक्तजनहरुलाई टीका र जमरा प्रदान गरेका हुन् । पण्डित घिमिरे, मन्दिरका संस्थापक अध्यक्ष होम शर्मा, निवर्तमान अध्यक्ष बालजङ्ग अर्याल र वर्तमान अध्यक्ष सहदेव गिरीलगायत मन्दिर समितिका व्यक्तिहरुबाट विधिपूर्वक दुर्गादेवीको पूजा गरी टीकाको सुरुआत गरिएको पण्डित घिमिरले जानकारी दिए ।


बिहान ९:१५ को शुभसाइतबाट टीका लगाउन सुरु गरिएको थियो । मन्दिरमै राखिएको जमरा र टीका लगाउन पाउँदा सहभागी हर्षित देखिन्थे । उनीहरुले विदेशमा समेत यस्तो परम्परा कायम गरिनु प्रशंसनीय बताए ।


मन्दिर व्यवस्थापनले स्थापनाकालदेखि नै मन्दिरमा टीका लगाउने परम्परा सुरु गरेको हो । मन्दिरले पूर्णिमासम्म हरेक दिन बिहान ११ सम्म र बेलुका ५ देखि ८ बजेसम्म टीका कार्यक्रम कायम रहने जनाएको छ । टीका कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका सदस्यहरु श्रीमती सरिता गिरी, तारा भट्टराईलगायतले सहयोग गरेका थिए ।


केही वर्षयता मन्दिर व्यवस्थापन समितिका केही कमीकमजोरी र बेलाबखतमा उब्जने ट्रष्टीहरु बीचको विवादले भक्तजनहरुलाई मन्दिरप्रति आकर्षित गर्न भने सकेको छैन ।


कतिपय स्थानीयबासिन्दालाई नेपालीद्वारा स्थापित यस मन्दिर कुन स्थानमा छ भन्ने समेत थाहा छैन जसकारण मन्दिरमा दर्शन गर्ने र टीका थाप्नेहरुको संख्या यो पटक न्यून देखिन्थ्यो ।

प्रकाशित : कार्तिक २, २०७५ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?