कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अष्ट्रेलियामा नेपाली बिद्यार्थीलाई दुई प्रतिष्ठित अवार्ड

नारायण खड्का

अष्ट्रेलिया — दक्षिण अष्ट्रेलियाको फिल्न्डर्स युनिभर्सिटीमा अध्ययनरत नेपाली बिद्यार्थी हिमाल कंडेलले यहाँको शैक्षिक क्षेत्रमा प्रदान गरिने दुई उत्कृष्ठ अवार्ड पाउन सफल भएका छन् ।

अष्ट्रेलियामा नेपाली बिद्यार्थीलाई दुई प्रतिष्ठित अवार्ड

यहाँ रहेका सबै विश्वबिद्यालयमा अध्ययनरत विदेशी बिद्यार्थीहरुमध्ये उत्कृष्ठलाई दिईने ‘इन्टरनेसनल स्टुडेन्ट अफ द इयर’ अवार्ड र बिद्याबारिधी गरिरहेका बिद्यार्थीहरुलाई उनीहरुको अनुसन्धानका आधारमा दिईने ‘एकाडेमिक एक्सिलेन्स: पोष्टग्राजुएट रिसर्च’ को अवार्ड कंडेलले जितेका हुन् ।


दक्षिण अष्ट्रेलियामा रहेर अध्ययन गरिरहेका विदेशी बिद्यार्थीहरुमध्येबाट उत्कृष्टलाई दिईने यो पुरस्कार विदेशी बिद्यार्थीहरुको लागि प्रतिष्ठित मानिन्छ । उनलाई यहाँका ब्यापार, लगानी तथा पर्यटनमन्त्री डेभिड रिज्वेले एक कार्यक्रममा अर्वाड तथा प्रमाणपत्र प्रदान गरेका थिए ।


नेपालको बाग्लुङ जिल्लास्थित गल्कोटमा जन्मिएका उनी आँखामा लाग्ने रोगले मानिसको जीवन र जीवनशैलीको गुणस्तरमा पार्ने प्रभावका बारेमा अध्ययन गर्न करिब ४ वर्षअघि अष्ट्रेलिया आएका थिए ।


सम्पुर्ण राज्यमा रहेका विद्यार्थीहरुबाट आफु छनौट भएर प्रतिष्ठित अवार्ड पाउनु आफ्नो लागि मात्र नभएर सबै नेपालीहरुको लागि गर्वको बिषय भएको उनले सुनाए । नेपाली बिद्यार्थीहरु अष्ट्रेलियामा बढिरहेको सन्दर्भमा आफुले पाएको यस अवार्डले नेपाल र नेपाली बिद्यार्थीहरुको पहिचान र गरिमालाई अझ उँचो बनाएको दाबी समेत गरे ।


प्रकाशित : कार्तिक ४, २०७५ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?