२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई दुई प्रतिष्ठित अवार्ड

नारायण खड्का

अस्ट्रेलिया — दक्षिण अस्ट्रेलियाको फिल्न्डर्स युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थी हिमाल कँडेलले यहाँको शैक्षिक क्षेत्रमा प्रदान गरिने दुई उत्कृष्ठ अवार्ड पाएका छन् ।

अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई दुई प्रतिष्ठित अवार्ड

यहाँ रहेका सबै विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थीहरुमध्ये उत्कृष्ठलाई दिईने ‘इन्टरनेसनल स्टुडेन्ट अफ द इयर’ अवार्ड र विद्याबारिधी गरिरहेका विद्यार्थीहरुलाई उनीहरुको अनुसन्धानका आधारमा दिइने ‘एकाडेमिक एक्सिलेन्स: पोस्टग्राजुएट रिसर्च’ को अवार्ड कँडेलले जितेका हुन् । यो पुरस्कार विदेशी विद्यार्थीहरुको लागि प्रतिष्ठित मानिन्छ । उनलाई यहाँका व्यापार, लगानी तथा पर्यटनमन्त्री डेभिड रिज्वेले एक कार्यक्रममा अवार्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए ।


बागलुङको गल्कोटमा जन्मिएका उनी आँखामा लाग्ने रोगले मानिसको जीवन र जीवनशैलीको गुणस्तरमा पार्ने प्रभावका बारेमा अध्ययन गर्न करिब ४ वर्षअघि अस्ट्रेलिया आएका थिए । सम्पूर्ण राज्यमा रहेका विद्यार्थीहरुबाट आफू छनोट भएर प्रतिष्ठित अवार्ड पाउनु सबै नेपालीहरुको लागि गर्वको विषय भएको उनले सुनाए । नेपाली विद्यार्थीहरु अस्ट्रेलियामा बढिरहेको सन्दर्भमा आफूले पाएको अवार्डले नेपाल र नेपाली विद्यार्थीहरुको पहिचान र गरिमालाई अझ ऊँचो बनाएको दाबीसमेत उनले गरे ।


प्रकाशित : कार्तिक ४, २०७५ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?