कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युएईमा नेपाली युवतीद्वारा सहकर्मीको हत्या

एकको अवस्था गम्भीर,  दुईको अवस्था सामान्य
होम कार्की

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (युएई)को सारजहाँमा सविता तामाङले चक्कु प्रहार गरी सहकर्मी सिर्जना बरालको हत्या गरेकी छिन् । एक जनाको अवस्था गम्भीर छ । दुई जना सामान्य घाइते भएका छन् ।

युएईमा नेपाली युवतीद्वारा सहकर्मीको हत्या

आबुधावीस्थित नेपाली दूतावासका अनुसार गत बिहीबार राति कम्पनीको क्याम्पभित्र मदिरा सेवनको क्रममा आपसी विवाद हुदाँ चक्कु प्रहार भएको थियो । उनीहरु तान्जिफ्को क्लिनिङ सर्भिसेसका सफाई मजदुर थिए ।


‘बिदाको नाममा मदिरा सेवन गरेर सविता तामाङ एक्लैले तीन जना साथीलाई चक्कु प्रहार गरेको कम्पनीले जानकारी दिएको छ,’ युएईका लागि कार्यबाहक राजदूत सागर फुयाँलले कान्तिपुरलाई भने,‘उनलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।’


गम्भीर घाइते भएकी ममता चौधरीको आइसियुमा उपचार भइरहेको छ । सामान्य घाइते भएका आशा दर्जी र सलिना मगर क्याम्पमा फर्केका छन् । घटनालगत्तै चार जनालाई नै अल क्यासिमी अस्पतालमा लगिएको थियो । बरालको उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो ।


कार्यबाहक राजदूत फुयाँलले घटना निकै दुःखद भएको बताए । ‘बिदामा यस्तो अवस्था आउनु दुःखद हो,’ उनले भने,‘सबै जनाले रमाइलो गर्दा मर्यादित र व्यवस्थित गर्न जरुरी छ ।’


त्यस कम्पनीमा तीन सय पुरुष र दुई सय युवती कार्यरत छन् ।

प्रकाशित : कार्तिक ११, २०७५ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?