कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

हरिवंशले हँसाए अष्ट्रेलियाका नेपालीलाई 

नारायण खड्का

अष्ट्रेलिया — हरिवंश आचार्य नेपालीहरुको लागि नयाँ नाम होईन् तरपनि आइतबार हरिबंश आचार्यले कलाकारिताको उत्कृष्ठ उदाहरण दिएर यहाँका नेपालीलाई नतमस्तक बनाइदिए । उनको प्रस्तुतीले यहाँका नेपालीहरु नतमस्तक मात्र भएनन् कि हरिबंशजस्तो अन्य नेपाली कलाकार नभएको दाबी समेत गर्न भ्याए ।

हरिवंशले हँसाए अष्ट्रेलियाका नेपालीलाई 

आफ्नै पारिवारिक काममा श्रीमतीसहित अष्ट्रेलिया आइपुगेका आचार्यले अष्ट्रेलियाका बिभिन्न राज्यहरुमा रहेका नेपालीहरुसँग अन्तरक्रिया गरिरहेका छन् । उनी आफ्नो हास्यब्यंग मिसिएको एकल प्रस्तुतीले समेत सबैलाई मख्ख बनाइरहेका छन् । आइतबार दक्षिण अष्ट्रेलियाको एडिलेडमा सम्पन्न कार्यक्रममा उनले देखाएको ‘जँडिया’ नाटकले त सहभागी करिब दुई सयलाई पेट मिचिमिचि हास्न बाध्य मात्र बनाएन् कि सोच्न समेत बाध्य बनाएको थियो । हाँस्यब्यंग शैलीमा जाँडरक्सी खाने बानीले घरपरिवार बिग्रिने मात्र नभएर सम्बन्धमा समस्या आउने उनले सन्देश दिएका थिए ।


यहाँ रहेको नेपाली पाठशालाको संयोजकत्वमा बिभिन्न संस्थाहरुले मिलेर आयोजना गरेको कार्यक्रममा आचार्यले आफ्नो जीवनी सुनाउँदा अधिकांश सहभागी भावकु समेत बनेका थिए । ‘हरिबंशजस्तो नेपाली कलाकारिताको हस्तीलाई प्रत्यक्ष भेट्न र कुरा गर्न पाउनु नै यहाँका नेपालीहरुको लागि महत्वपुर्ण हो’ कार्यक्रममा सहभागी एनआरएन आइसिसी सदस्य गोकुल घिमिरेले सुनाए । आयोजक संस्थाका सुरेन निरौलाले आचार्य निजी काममा यहाँ आएको भएपनि उनको कलाकारिता हेर्न र उनलाई नजिकबाट सुन्न र चिन्नका लागि कार्यक्रमको आयोजना गरिएको बताए ।


सामान्य रुपमा अन्तरक्रिया गरिरहेका आचार्य अचानक जँड्याको रुपमा मञ्चमा प्रस्तुती देखाउँदा सहभागीहरु दंग परेका थिए । उनले करिब आधा घण्टासम्म एकल प्रस्तुती दिंदा वान्स मोर र तालीले स्वागत पाएका थिए । सहभागीहरुले उनको कलाकारिताको उच्च प्रशंसा मात्र गरेका थिएनन् कि उनीजस्तो कलाकारितामा पोख्त नेपाली कोही नभएको ठोकुवा नै गरेका थिए । कार्यक्रममा सहभागी सन्तोषी गौतमले यो स्तरको स्टेज कार्यक्रम आफुले अहिलेसम्म नहेरेको दाबी गरिन् । नेपाली कलाकारिता क्षेत्रमा आचार्यजस्तो कलाकार आफुहरुले नदेखेको अनुभव सुनाईन् ।


कार्यक्रममा आचार्यले अन्य देशको तुलनामा अष्ट्रेलियामा अध्ययन गरेर बिज्ञता हासिल गरेका नेपालीहरु मात्र रहेकाले आफ्नो देशमा समेत योगदान गर्न आग्रह गरेका थिए । उनले आफ्नो संघर्षका दिनहरु सुनाउँदा सहभागीहरु नोस्जाल्जिक बनेका थिए भने संघर्ष जीवनको एक सुनौलो पाटो बताउँदै अघि बढ्न सुझाव दिएका थिए । उनले कार्यक्रममा आफ्ना दुई गीतहरु ‘साझा बसमा जो पनि चढ्दछ’ र ‘हाम्री आमा साह्रै नै बाठी छन्’ समेत दर्शकहरुलाई सुनाएका थिए । उक्त अवसरमा उनीद्धारा हस्ताक्षर गरिएको ‘चिना हराएको मान्छे’ र ‘हरिबहादुर’ पुस्तक समेत सर्वसाधारणले खरिद गर्ने अवसर पाएका थिए । कार्यक्रमबाट उठेको रकम नेपालको मानव सेवा आश्रम तथा यहाँ रहेको बोटल फर स्कुललाई सहयोग जुटाईने आयोजकले जानकारी दिएको छ ।


प्रकाशित : कार्तिक १२, २०७५ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?