३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

जनजाति महासंघ बेल्जियममा तामाङ

कान्तिपुर संवाददाता

बेल्जियम — नेपाल  आदिबासी जनजाति महासंघ, बेल्जियमको अध्यक्षमा बाबुराजा लामा तामाङ निर्बाचित भएका छन् । हालै महासंघका केन्द्रीय अध्यक्ष जगतबहादुर बरामको उपस्थितिमा भएको  दोश्रो अधिबेशनबाट उनी निर्बिरोध चयन भएका हुन् ।

जनजाति महासंघ बेल्जियममा तामाङ

अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा मुना राई, उपाध्यक्षमा यमुना रोका मगर, होम बहादुर गुरुङ, डिल्ली सुब्बा र सुर्य नारायण श्रेष्ठ तथा महासचिवमा नन्दराज घले चयन भएका छन् । त्यसैगरी सचिवमा कान्छा शेर्पा, महासंघमा आबद्ध संस्थाहरुबाट पदेन सदस्यमा आंग दोर्जी सोनाम शेर्पा, भिम जोशी, सोमनाथ थारु थनेत, लोक रानामगर, रामालामा तामाङ, बिमल सुब्बा, जीवन तमु, बिष्णुतारा शेरचन मनोनयन भएका छन् । केही सचिव र कोषाध्यक्ष पछि मनोयन गरिने भएको छ ।


अन्य सदस्यमा दिलु पुन, मिङ्ग्मा लामा शेर्पा, राजु थापामगर, निमा रुम्बा तामाङ, इन्दिरा चाम्लिङ, चित्रजंग गुरुङ, रामशरण महतो, इन्द्र प्रसाद लिम्बु (कविन्द्र) र प्रेमा शेर्पा (मनु) रहेका छन् ।

प्रकाशित : कार्तिक २७, २०७५ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?