कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

तेक्वान्दो खेलाडी क्षेत्रीलाई कोरियामा मानार्थ नागरिकता

कान्तिपुर संवाददाता

सोल — तेक्वान्दो खेलाडी भजिन्द्र क्षेत्रीलाई दक्षिण कोरियाकाे साेल महानगरपालिकाबाट मानार्थ नागरिकता प्रदान गरिएकाे छ ।

तेक्वान्दो खेलाडी क्षेत्रीलाई कोरियामा मानार्थ नागरिकता

बिहीबार आयोजित एक समारोहमा क्षेत्रीलाई साेल महानगरपालिकाले यस वर्षको मनार्थ नागरिकता प्रदान गरेको हाे ।

कोरियामा रहेर सामाजिक तथा आर्थिक क्षेत्रमा योगदान पुर्‌याउने विदेशीहरुलाई हरेक वर्ष महानगरपालिकाले यो सम्मान प्रदान गर्दै आएको छ ।


यस वर्ष २२ देशका विदेशी नागरिकहरु मध्ये नेपालबाट क्षेत्री सम्मानित भएका हुन् । बाग्लुङमा जन्मेर बुटवलमा बसोबास रहेका आएका क्षेत्री १४ वर्षदेखि कोरियामा बस्दै आएका छन् । नेपाल कोरिया भलिबल संघका संयोजक तथा युनिक भिजन ग्रुपका अध्यक्ष क्षेत्रीले विभिन्न सामाजिक र खेलकुद क्षेत्रमा रही कार्य गर्दै आएका छन् । राष्ट्रिय खेलाडी क्षेत्री तेकवान्दोका प्रशिक्षक समेत हुन् ।


हालसम्म कोरियामा रहेका ७ नेपालीहरुले यो मानार्थ नागरिकता पाइसकेका छन् । यस अघि केपी सिटौला, तेन्जी शेर्पा, राजु क्षेत्री, जुनु गुरुङ, हिम गुरुङ र गम्भीरमान श्रेष्ठले मानार्थ नागरिकता पाएका छन् ।

प्रकाशित : कार्तिक ३०, २०७५ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?