दक्षिण अस्ट्रेलियामा नेपालीको शैक्षिक संस्था

अस्ट्रेलिया — दक्षिण अस्ट्रेलियामा नेपालीहरुले आफ्नै लगानीमा शैक्षिक संस्थाको स्थापना गरेका छन् । ग्लोबल इन्टरनेसनल कलेजको मंगलबार औपचारिक रुपमा सुरुवात गरिएको छ ।

दक्षिण अस्ट्रेलियामा नेपालीको शैक्षिक संस्था

कलेजको बारेमा जानकारी दिन दक्षिण अस्ट्रेलियाको एडिलेडमा आयोजना गरिएको औपचारिक कार्यक्रममा कार्यकारी अधिकृत सरिता लामाले आफूहरुले दिगो र परिणाममुखी तालिम र शिक्षा दिने उद्देश्यका साथ कलेजको स्थापना गरेको जानकारी दिईन् ।


तत्काललाई अहिले रोजगारको मुख्य क्षेत्र मानिएको ‘एज केयर’ को विषय अध्यापन गराइने र भविष्यमा आवश्यक्ता अनुसार अन्य तालिम तथा कोर्षहरुलाई विस्तार गर्ने योजना सुनाईन् ।


कार्यक्रममा कलेजका प्रमुख हेम श्रेष्ठले आफूहरुले तालिम दिनेमात्र नभएर विद्यार्थीहरुलाई सहयोगका लागि अन्य सहयोगी कार्यक्रमहरु समेत सञ्चालनमा ल्याउने दाबी गरे ।


यहाँका व्यवसायी, संघसंस्थाका प्रतिनिधिहरु समेत सहभागी कार्यक्रममा कलेजका प्रशिक्षक गोविन्द रानाले आफूले करिब १ दशकसम्म पाएको अनुभव र ज्ञानलाई पूर्ण सदुपयोग गर्दै व्यवहारिक शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।


कार्यक्रममा सहभागी अवैतनिक वाणिज्यदूत दीपक धमला, एनआरएन आइसिसी सदस्य गोकुल घिमिरे, उपाध्यक्ष अशोक केसी, इनासका केन्द्रीय उपाक्ष आरसी थापा, दीपक बिष्ट लगायतले नेपालीले आफ्नै लगानीमा शैक्षिक संस्था स्थापना गर्नु नेपालीहरुको लागि गर्वको विषय भएको बताउँदै तालिमसँगै रोजगारीको अवसर दिलाउन पनि सहयोग पुर्‍याउन आग्रह गरेका थिए ।

प्रकाशित : मंसिर १२, २०७५ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?